• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

फोहोरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

64x64
रासस सोमबार, माघ १६, २०७९  ०७:२६
1140x725

ढोरपाटन– दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने सडक। त्यही सडकको छेउमा देखिन्छ फोहोरको डङ्गुर। दैनक बागलुङ बजारबाट ल्याइने फोहोर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो। यहाँ राखिएको फोहोरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाईसमेत समस्यामा परेको छ। 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई समेत गिज्याइरहेको छ। करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो। फोहोर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ। यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ। 

वर्षौंदेखि अस्थायी रूपमा यहाँ फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन। यस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ। गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहोरको गन्धले यात्रुलाई समेत सास्ती भएको बताए। 

उनी भन्छन्, ‘यो बाटो दैनिक दुई पटक हिँड्नुपर्छ, फोहोरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहोरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होलाजस्तो हुन्छ।’

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ। फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुले दुर्गन्ध व्यहोर्नुपरेको जैमिनी नगरपालिका–८ का शिव सुनारले गुनासो पोखे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहोरको डङ्गुरले भरिएको छ, बाटोमा पैदल त हिँड्नै सकिन्न गन्हाएर, नाक मुख छोपेर पनि फोहोरको गन्ध ह्वास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो को, बजारवासीको लापर्बाही होकी, केही बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा।’

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ। वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले भरिएपछि स्थायी डम्पिङसाइटको माग बढेको छ। नगरपालिकाले वार्षिक ५० लाखमा उक्त फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ। स्थायी डम्पिङसाइड निर्माण नहुञ्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो।

फोहोर व्यवस्थापनका लागि दश वर्षअघि नै दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङसाइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो। तत्कालीन फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो। स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ। 

‘हावाले सबै फोहोर उठाएर घरभित्रै ल्याउँछ, यहाँका स्थानीयले नगरपालिकामा गएर भन्यौं, छिटै समस्या समाधान हुन्छ भनेको वर्षौं भयो, अहिले पनि अवस्था उस्तै छ’, स्थानीय मनबहादुर माझीले भने, ‘बस्ती नजिकै लिएर फोहोर फाल्छन्, यसले हामीहरुलाई निकै दुःख दिएको छ, फागुन चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहोर उडेर यही आउँछ।’

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहोर व्यवस्थापनका लागि योजना बनाएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङसाइड निर्माण गर्ने बताए। अहिले फोहोर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थितरुपमा फोहोर पाल्ने गरी काम गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ।

‘अहिलेको फोहोर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नुपर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहोर जथाभावीरुपमा फालिएको छैन, घेरा लगाएर पर्खालभित्र फोहोर छ, हावाहुरीले समस्या बनाएको छ’, उनले भने, ‘व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौं, त्यो बनाएर छोड्छौं।’

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली चीन प्रस्थान आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्