इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ।
जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिएको थियो। गोताखोरले १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन्।
बाँधबाट ९ जनाको शव फेला परेको अशरफले बताए। १ बालकले अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताएअनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू थिए। उनीहरु घुमफिरका क्रममा बाँधमा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।