• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सन्दर्भ: कुष्ठरोग दिवस

सुदूरपश्चिममा बर्सेनि थपिन्छन् कुष्ठरोगी 

64x64
शेरबहादुर ऐर आइतबार, माघ १५, २०७९  ११:४६
1140x725

धनगढी– नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ। नेपालमा विक्रम सम्बत २०६६ माघ ५ मा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा भएको थियो।

निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। निवारणको घोषणापछि हालसम्म पनि प्रदेशस्तरमा निवारणको अवस्था कायम रहेको छ।

आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हाल प्रदेशका दुई जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति छ। सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। प्रदेशको कैलाली र अछाममा कुष्ठरोग प्रकोप दर १ प्रतिशतभन्दा बढी रहेको छ।

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै बर्सेनि नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ। प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय जना नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्यांकले देखएको छ। 

सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको छ महिनामा ७२ नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७९/०८० मा ४२ पुरुष र ३० महिला गरि ७२ जना नयाँ बिरामी पहिचान भएको स्वास्थ्य निर्देशनालयले दीपायलले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा यसअवधिमा प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परेका थिए।

चालू आर्थिक वर्षको छ महिनामा बढी सर्ने रोगका बिरामी थपिएका छन्। आर्थिक वर्ष ०७९/०८० मा ६४ जना बढी सर्ने, आठ जना कम सर्ने बिरामी फेला परेका छन् भने चार जना बच्चामा कुष्ठरोग पहिचान भएको छ। कुष्ठरोगबाट चालू आर्थिक वर्षमा सात जनामा अपांगताको समस्या हुनसक्ने बिरामी पहिचान गरिएको छ। 

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म नयाँ बिरामी फेला परेकामध्ये ४९ जना महिला रहेका थिए भने चार जनामा पुनः रोग बल्झिएको तथ्यांकमा उल्लेख थियो। स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा ११ जनामा विभिन्न किसिमका शारीरिक अपांगतासम्बन्धी समस्या देखिएको छ। 

प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३७, आर्थिक वर्ष २०७७/०७८ मा दुई सय आठ र आर्थिक वर्ष २०७८/०७९ मा दुई सय पाँच नयाँ बिरामी पहिचान भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पहाडी ६ जिल्लाका बिरामीलाई उपचार गराउन समस्या
सुदूरपश्चिम प्रदेशका ६ वटा पहाडी जिल्लामा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि पहिचान भइरहेका छन्। पहाडका ६ जिल्लाका बिरामीहरुलाई उपचारमा ल्याउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

‘प्रदेशको कैलाली र अछाममा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ भने पहाडी छ जिल्लामा समयमै कुष्ठरोगका बिरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन्,’ निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले भने,  ‘ढिला उपचारमा आएका बिरामीहरुमा अपांगता हुनसक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने र समुदायमा रोग अरु व्यक्तिहरुलाई सरिरहने सम्भावना रहन्छ।’

स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलाली र अछाममा प्रति दश हजारमा एक प्रतिशतभन्दा बढी बिरामी रहेका छन्। यस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा प्रति दश हजारमा शून्य दशमलब ९३ बिरामी उपचारमा रहेका थिए भने कैलालीमा एक दशमलब ४९ र अछाममा एक दशमलब ९१ बिरामी उपचारमा रहेका थिए। अन्य सात जिल्लामा एक भन्दा कम रहेको थियो।

निर्देशनालयका अनुसार प्रदेशमा बिरामी पहिचान दर कैलाली, अछाम र कञ्चनपुरमा सन्तोषजनक रहेको छ। प्रदेशमा प्रति लाखमा बिरामी पहिचान दर सात दशमलब ५४ रहेकोमा कैलालीमा १४ दशमलब ३४, अछाममा १० दशमलब ८५ र कञ्चनपुरमा छ दशमलब १७ रहेको छ। अन्य छ जिल्लामा पहिचान दर शन्य देखि ३ सम्म रहेको छ।

Xtrem

Xtrem

कैलालीका ६ स्थानीय तहमा निवारण हुन सकेन
१३ वटा स्थानीय तह रहेको कैलालीका ६ स्थानीय तहमा कुष्ठरोग निवारण हुन सकेको छैन। कैलाली स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा प्रति दश हजारमा एक दशमलब ४९ बिरामी उपचारत छन्। 

त्यसमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिका प्रति दश हजारमा तीन दशमलब ९७ रहका छन्। उपमहानगरपालिकामा बिरामी पहिचान दर प्रति लाखमा ३५ दशमलब ९७ रहेको छ।

यस्तै लम्की चुहा नगरपालिकामा प्रति दश हजारमा एक दशमलब ८५, जानकी गाउँपालिकामा एक दशमलब २०, कैलारी गाउँपालिकामा एक दशमलब १९ र जोशीपुर गाउँपालिकामा एक दशमलब सात रहेको छ। जिल्लाको मोहन्याल गाउँपालिकामा प्रति दश हजारमा शून्य विरामी उपचारमा रहेको कार्यालयको तथ्यांक रहेको छ भने अन्यमा एक भन्दा कम रहेको छ।

समाजमा अझै पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखा परे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्ने गरेको पाइन्छ।

उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अंगभंग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझै पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनुपर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउँछन्।

निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे। उनले कुष्ठरोग लागेको सुरुवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए। ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरीरमा भएको क्षति घटाउन सकिने उनको भनाइ छ। 

तथ्यांक अनुसार ढिलो गरी कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढी नेपालीहरू अपांग भएका छन्। देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको थियो। सन् २०२२ पूरा भइ २०२३ लाग्दासमेत प्रदेशमा झन कुष्ठरोगीहरूको संख्यामा सुधार हुन सकेको छैन।

‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ। तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ,’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसि रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने,  ‘समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन्। हामीले शंकास्पद रहेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौं। तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहीन हुन्छन्।’

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:४६
  • #कुष्ठरोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँ... सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ०६:०० बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्