• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सन्दर्भ: कुष्ठरोग दिवस सुदूरपश्चिममा बर्सेनि थपिन्छन् कुष्ठरोगी 
64x64
शेरबहादुर ऐर आइतबार, माघ १५, २०७९  ११:४६
1140x725

धनगढी– नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ। नेपालमा विक्रम सम्बत २०६६ माघ ५ मा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा भएको थियो।

निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। निवारणको घोषणापछि हालसम्म पनि प्रदेशस्तरमा निवारणको अवस्था कायम रहेको छ।

आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हाल प्रदेशका दुई जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति छ। सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। प्रदेशको कैलाली र अछाममा कुष्ठरोग प्रकोप दर १ प्रतिशतभन्दा बढी रहेको छ।

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै बर्सेनि नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ। प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय जना नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्यांकले देखएको छ। 

सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको छ महिनामा ७२ नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७९/०८० मा ४२ पुरुष र ३० महिला गरि ७२ जना नयाँ बिरामी पहिचान भएको स्वास्थ्य निर्देशनालयले दीपायलले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा यसअवधिमा प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परेका थिए।

चालू आर्थिक वर्षको छ महिनामा बढी सर्ने रोगका बिरामी थपिएका छन्। आर्थिक वर्ष ०७९/०८० मा ६४ जना बढी सर्ने, आठ जना कम सर्ने बिरामी फेला परेका छन् भने चार जना बच्चामा कुष्ठरोग पहिचान भएको छ। कुष्ठरोगबाट चालू आर्थिक वर्षमा सात जनामा अपांगताको समस्या हुनसक्ने बिरामी पहिचान गरिएको छ। 

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म नयाँ बिरामी फेला परेकामध्ये ४९ जना महिला रहेका थिए भने चार जनामा पुनः रोग बल्झिएको तथ्यांकमा उल्लेख थियो। स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा ११ जनामा विभिन्न किसिमका शारीरिक अपांगतासम्बन्धी समस्या देखिएको छ। 

प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३७, आर्थिक वर्ष २०७७/०७८ मा दुई सय आठ र आर्थिक वर्ष २०७८/०७९ मा दुई सय पाँच नयाँ बिरामी पहिचान भएको थियो। 

Ncell 2
Ncell 2

पहाडी ६ जिल्लाका बिरामीलाई उपचार गराउन समस्या
सुदूरपश्चिम प्रदेशका ६ वटा पहाडी जिल्लामा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि पहिचान भइरहेका छन्। पहाडका ६ जिल्लाका बिरामीहरुलाई उपचारमा ल्याउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

‘प्रदेशको कैलाली र अछाममा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ भने पहाडी छ जिल्लामा समयमै कुष्ठरोगका बिरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन्,’ निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले भने,  ‘ढिला उपचारमा आएका बिरामीहरुमा अपांगता हुनसक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने र समुदायमा रोग अरु व्यक्तिहरुलाई सरिरहने सम्भावना रहन्छ।’

स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलाली र अछाममा प्रति दश हजारमा एक प्रतिशतभन्दा बढी बिरामी रहेका छन्। यस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा प्रति दश हजारमा शून्य दशमलब ९३ बिरामी उपचारमा रहेका थिए भने कैलालीमा एक दशमलब ४९ र अछाममा एक दशमलब ९१ बिरामी उपचारमा रहेका थिए। अन्य सात जिल्लामा एक भन्दा कम रहेको थियो।

निर्देशनालयका अनुसार प्रदेशमा बिरामी पहिचान दर कैलाली, अछाम र कञ्चनपुरमा सन्तोषजनक रहेको छ। प्रदेशमा प्रति लाखमा बिरामी पहिचान दर सात दशमलब ५४ रहेकोमा कैलालीमा १४ दशमलब ३४, अछाममा १० दशमलब ८५ र कञ्चनपुरमा छ दशमलब १७ रहेको छ। अन्य छ जिल्लामा पहिचान दर शन्य देखि ३ सम्म रहेको छ।

कैलालीका ६ स्थानीय तहमा निवारण हुन सकेन
१३ वटा स्थानीय तह रहेको कैलालीका ६ स्थानीय तहमा कुष्ठरोग निवारण हुन सकेको छैन। कैलाली स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा प्रति दश हजारमा एक दशमलब ४९ बिरामी उपचारत छन्। 

त्यसमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिका प्रति दश हजारमा तीन दशमलब ९७ रहका छन्। उपमहानगरपालिकामा बिरामी पहिचान दर प्रति लाखमा ३५ दशमलब ९७ रहेको छ।

यस्तै लम्की चुहा नगरपालिकामा प्रति दश हजारमा एक दशमलब ८५, जानकी गाउँपालिकामा एक दशमलब २०, कैलारी गाउँपालिकामा एक दशमलब १९ र जोशीपुर गाउँपालिकामा एक दशमलब सात रहेको छ। जिल्लाको मोहन्याल गाउँपालिकामा प्रति दश हजारमा शून्य विरामी उपचारमा रहेको कार्यालयको तथ्यांक रहेको छ भने अन्यमा एक भन्दा कम रहेको छ।

समाजमा अझै पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखा परे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्ने गरेको पाइन्छ।

उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अंगभंग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझै पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनुपर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउँछन्।

निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे। उनले कुष्ठरोग लागेको सुरुवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए। ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरीरमा भएको क्षति घटाउन सकिने उनको भनाइ छ। 

तथ्यांक अनुसार ढिलो गरी कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढी नेपालीहरू अपांग भएका छन्। देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको थियो। सन् २०२२ पूरा भइ २०२३ लाग्दासमेत प्रदेशमा झन कुष्ठरोगीहरूको संख्यामा सुधार हुन सकेको छैन।

‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ। तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ,’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसि रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने,  ‘समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन्। हामीले शंकास्पद रहेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौं। तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहीन हुन्छन्।’

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:४६
  • #कुष्ठरोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्... मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । मंगलबार, असोज २१, २०८२
विपद्‍मा सरकारको तत्परता र समर्पण उल्लेखनीय : रास्वपा दसैँ पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारह... सोमबार, असोज २०, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्