लस एन्जलस– अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ। शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन्।
लस एन्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो। गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन्।
घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबीसी टेलिभिजनले जनाएको छ। लस एन्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।
सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो। सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो। त्यस्तै सडकमा हिँडिरहेका अरु चारजना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ। लस एन्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो।
६ दिनअघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो। त्यसपछि गत सोमबारमात्र पनि अर्को प्रहारमा परेर मानिसको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।