काठमाडौं– त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको दुई घण्टादेखि अवरुद्ध सर्भर पुनः सञ्चालनमा आएको छ। सर्भरले काम गर्न थालेपछि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ।
सर्भरमा समस्या भएपछि शनिबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो। सर्भर डाउन भएकाले यात्रुहरुको विवरणसहित अन्य विवरण हेर्न नपाएपछि फ्लाई दुबई, इन्डिगो एयर, थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका लागि विमानस्थल पुगेका सयौं यात्रु अलपत्र परेका छन्।
अहिले उडान सुरु भइसकेकाले विस्तारै यात्रुलाई राहत मिलिरहेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। तर, यात्रुको चाप बढी भएकाले व्यवस्थापमा केही समस्या आइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।