काठमाडौं– पृथ्वीबाहिर जीवनको अस्तित्वबारे पछिल्लो समय धेरै चर्चा हुने गरेको छ। बढ्दो जनसंख्या र पृथ्वीको वातावरण मानिस बस्न लायकको नहरने देखेपछि वैज्ञानिकले बाहिरी ग्रहमा पनि जीवनको खोज गर्दै आएका छन्।
अझ भन्नुपर्दा अहिले नासा मुख्यत: बाहिरी ग्रहमा पनि मानव जीवन बसाउन सकिन्छ कि भनेर उपयुक्त ग्रहको खोजीमा जुटेको छ। यसै अभियानअन्तर्गत वैज्ञानिकले बृहस्पति ग्रहका चन्द्रमालाई अध्ययनको मुख्य केन्द्र बिन्दु बनाएका छन्।
नासाले यसै वर्षको अप्रिलमा बृहस्पति ग्रहका चन्द्रमामा जीवनको खोजका लागि एअरक्राफ्ट पठाउने तयारी गरेको छ। बृहस्पतिका तीनवटा उपग्रह ग्यानिमेट, यूरोपा र कलिस्टोकझ अध्ययनका लागि नासाले एअरक्राफ्ट पठाउन लागेको हो।
उक्त मिसनलाई ‘जुपिटर आइसिस मुन एक्सप्लोलर’ नाम दिइएको छ। जसमा उच्च प्रविधिको रिजोलुसनसहितको क्यामेरा जडान हुनेछ। साथै ती उपग्रहको बरफ मुनिको गतिविधि स्पष्ट देख्नका लागि उच्च प्रविधिको राडार पनि जडान गरिनेछ।
बृहस्पतिको ग्यानिमेट उपग्रहमा त पृथ्वीभन्दा पनि कैयौं गुणा धेरै पानी रहेको वैज्ञानिकले बताउँदै आएका छन्। ती उपग्रहमा रहेको बरफमुनि जीवन हुनसक्ने अनुमान लगाइँदै आइएको छ।
सोही कारण पनि जीवनका अध्ययनका लागि उक्त एअरक्राफ्ट पठाउन लागिएको हो। ८ वर्षको अवधिमा चार अर्ब माइल दूरी पार गर्दै बृहस्पति ग्रहका उपग्रहमा एअक्राफ्ट पुग्ने वैज्ञानिकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।