काठमाडौं– खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं।
फरक शारीरिक क्षमता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सीमित छौँ। तर, आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन्। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन्।
कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए। तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अंकुश लगाउन सकेन। न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे। बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’मा परिणत गरे। र, सबैका निमित्त उदाहरण बने।
विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे। त्यस्तै, हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२औं अमेरिकी राष्ट्रपति हुन्। उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन्।
त्यस्तै, भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन्। त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ। यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश÷विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन्।
नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैं काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन्। जोरपाटीस्थित बीआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष।
गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ। उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैं कमाएर जीवन धान्छन्।
थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविकोपार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिविहीन नै छन्। आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउँडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु व्यस्त छन्।
न्युज एजेन्सी नेपालले शारीरिक रुपमा फरक क्षमता भए पनि आफैं कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुको कथालाई आजको फोटोफिचरमा समेटेको छ:
1674878522.jpg)
1674878521.jpg)
1674878521.jpg)
1674878336.jpg)
1674878520.jpg)
1674878336.jpg)
1674878522.jpg)
1674878520.jpg)
1674878336.jpg)
1674878335.jpg)
1674878335.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।