• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पटक पटक लडेर संसद्‌मा उभिएकी कुसुम

64x64
धनु विश्वकर्मा शनिबार, माघ १४, २०७९  ०९:२५
1140x725

काठमाडौं– कुसुम थापा मगरलाई प्रत्यक्ष निर्वाचन लड्न मन थियो। त्यसैले, समानुपातिकतर्फ ध्यान दिइनन्। प्रत्यक्ष निर्वाचन लड्नु नै पहिलो प्राथमिकतामा राखेकी थिइन्। दुई पटकसम्म समानुपातिक बन्दसूचीमा नाम थियो। 

दुवै पटक अन्तिममा नाम हटाइयो। 

निर्वाचनताका तत्कालीन सत्ता गठबन्धनका दलमध्ये रुकुम पूर्वमा कांग्रेस–माओवादीको गठबन्धन थियो। सत्ता समीकरण नै निर्वाचनमा होमिएको थियो। प्रत्यक्षका प्रत्यासी भने कांग्रेसबाट कुसुमसँगै पार्टीका जिल्ला सभापति केशरमान रोक्का थिए। 

कांग्रेसले कुसुमलाई प्रत्यक्ष निर्वाचन लडाउन अघि सारेको थियो। यता माओवादीका तर्फबाट तेजबहादुर ओलीलाई अघि सारिएको थियो। सत्ता भागवण्डाका आधारमा माओवादीको भागमा पर्‍यो। उनले ओलीलाई समर्थन गरिन्। उनी प्रत्यक्ष निर्वाचन लड्नबाट पछि हटिन्।

समानुपातिक उम्मेदवारका लागि पहिलो सूची दलले निर्वाचन आयोगमा पठायो। जसमा कुसुमको नाम थिएन। पार्टीले नै प्रत्यक्ष लडाउने भनेर रोकेको थियो। माओवादीको भागमा परेपछि भने समानुपातिक उम्मेदवार बनेकी हुन्। दोस्रो चरणका लागि दलहरूले अन्तिममा समानुपातिक उम्मेदवारको नाम पठाए। अन्ततः प्रतिनिधि सभा सदस्यमा समानुपातिक प्रणाली तर्फबाट महिला जनजाती क्लस्टरबाट उनी निर्वाचित भइन्। 

लाहुरे परिवारमा जन्मेर राजनीति
उनको जन्म २०३१ सालमा पर्वतको महाशिला गाउँपालिका–४ पूर्णगाउँमा भयो। बाल्यकाल गाउँमै बित्यो उनको। बुवा इन्डियन आर्मी। गाउँमा धेरै युवा इन्डियन आर्मीमा भर्ती भएका थिए। पुरुष दौंतरी प्रायः लाहुरेको लहडमा हुन्थे। महिलाहरू भने घरधन्दाबाट बाहिर कहिल्यै निस्केनन्। जेठा दाजु पनि इन्डियन आर्मी भए।

उनको परिवारमा भने छोरी पनि शिक्षित हुन पाए। बहिनी अहिले पोखरामा शैक्षिक क्षेत्रमा आबद्ध छिन्। ‘परिवारमा शिक्षित भएकै कारण छोरीहरू सजिलै बाहिर निस्के’, उनी भन्छिन्। 

कुसुम जन्मिँदा बुवा भक्त बहादुर थापा मगर रिटायर्ड भइसकेका थिए। पूर्णले गाउँमै पेन्सनबाट आएको पैसाले विद्यालय खोले। आफनै बुवाले खोलेको विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरिन् कुसुमले। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिला विद्यालयले ७ कक्षासम्म अनुमति पाएको थियो। ७ कक्षापछि उनले जनविकास मावीमा अध्ययन गरिन्। स्नातक भने पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसबाट गरिन्। ग्रामीण विकास र राजनीतिशास्त्र लिएर अध्ययन गरेकी उनले स्नातकत्तोर त्रिभुवन विश्वविद्यालयबाट गरिन्। 

विद्यार्थी राजनीति हुँदै सांसद
उनको विवाह ०६५ सालमा भयो। राजनीतिक कार्यक्रमका क्रममा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका रास बुढासँग भेट भयो। त्यही भेट नै पछि विवाहमा परिणत भयो। राजनीतिक यात्रा भने ०४८ सालको निर्वाचनबाट सुरु भयो।

कांग्रेसका तर्फबाट उमा रेग्मी पर्वतबाट उम्मेदवार उठेकी थिइन्। सक्रिय राजनीति नभए पनि कहीँ न कहीँ कांग्रेसतर्फ झुकाव भयो। किशोरावस्थामा नै चुनावमा भोट माग्न आइन्। सदस्यता थिएन्। उनी भन्छिन्, ‘उमाजीलाई चुनाव अवधिभर भोट माग्न गएको थिएँ।’

०५२ सालमा नेविसंघको विराटनगरमा महाधिवेशन भयो। उनको राजनीतिक यात्रा भने विद्यार्थीकालबाट भएको हो। उनी पर्वत जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आइन्। पार्टीको क्रियाशील सदस्यता त्यतिबेलै लिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजनीतिसँगै शिक्षण पेसा अपनाइन्। छोटो समय अस्थाई शिक्षक भएर अध्यापन गराइन्। पछि ०५३ मा पृथ्वीनारायाण क्याम्पसमा स्ववियूको सदस्यमा लडिन्। तर पराजित भइन्। ०५४ मा कोषाध्यक्षमा लडिन्। फेरि पराजित भइन्। दलभित्र भएका निर्वाचनमा धेरै पटक पराजित भएको अनुभव उनीसँग छ।

त्रिविमा आएर नेविसंघको केन्द्रीय सदस्य भइन्। कांग्रेसको जनवर्गीय संगठनमा आवद्ध भइन्। उनी नेपाल राष्ट्रिय मगर संघमा संस्थापक सदस्य भइन्। पछि केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव छ उनको। महिला संघको कोषाध्यक्षमा  पनि लडिन्। १४औँ महाधिवेशनमा कुसुम र श्रीमान् रास दुवै जना प्रतिनिधि भएर आएका थिए। केन्द्रीय सदस्यमा उम्मेदवार बनिन्। तर पराजित भइन्। हाल महासमिति सदस्य रहेकी छन्। 

दोस्रो प्रयासमा सफलता
०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो। ०६३को अन्तरिम संविधान बमोजिम समानुपातिक प्रणालीको अबलम्बन गरियो। त्यसैका कारण उनी ०७० मा समानुपातिक उम्मेदवार बनिन्। उनको नाम समानुपातिक सुचीमा बन्दसूचीमा थियो। अन्तिममा उनको नाम हटाइयो। त्यो बेला भने पार्टीमा रहेका सिनियरलाई प्राथमिकता दिइएको भन्ने लाग्यो। 

त्यसपछि ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनको नाम समानुपातिक प्रणालीमा थियो। बन्दसूचीसम्म परेको थियो उनको नाम। 

अन्तिममा आएर हटाइयो। प्रतिनिधिसभामा जानैका लागि उनले स्थानीय तहमा जनप्रतिधिको उम्मेदवार बन्न तयार भइनन्। ‘मेरो इच्छा कानुन निर्माण तहमा जानु थियो’, उनले भनिन्।

समानुपातिक भनेको सिमान्तकृत वर्गको प्रतिनिधित्व गर्ने व्यवस्था हो। पटक पटक बन्दसूचीबाट हटाउँदा मन खिन्न भयो। ‘समानुपातिक कतै पार्टीमा पैसा खर्च गर्न सक्नेका लागि हो कि भन्ने शंका उब्जियो’, उनी भन्छिन्। 

भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा उनी सांसद बनेकी छन्। उनी समानुपातिक प्रणालीबाट महिला जनजाति क्लस्टरमा परेकी थिइन्। जनजातीको ७ नम्बर थियो। दोस्रो प्रयासपछि उनी सफल भइन्। तीन दशकदेखि पार्टीमा गरेको योगदानको कदर भएको बताएकी छन्। 

रुकुमपूर्वको आवाजको प्रतिनिधित्व गर्ने
रुकुम पूर्व हिमाली जिल्ला हो। जुन भौगोलिक दृष्टिकोणले अप्ठयारो छ। स्वास्थ्य, शिक्षा, यातायात जस्ता पूर्वाधारका विकासमा पछाडि परेको छ। उनका अनुसार चुनावी मैदानमा जाँदै गर्दा विकास बाहेक जनताको कुनै माग नरहेको बताएकी छन्।

उनी भन्छिन्, ‘मेरो प्रतिबद्धता भनेको आफ्नो निर्वाचन क्षेत्र विकासका लागि पहल गर्नु हो।’ 

उनी संसदमा समसामायिक मुद्दामाथि बोल्ने बताउँछिन्। रुकुम पूर्वको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता छ उनको। दुर दराजमा राज्यको उपस्थिति छैन। 

रुकुम पूर्वमा जडिबुटीको प्रचुर सम्भावना छ। राज्यको आँखा नपुगेर पछाडि परेको छ। रुकुम डोल्पासँग जोडिएको छ। संसदमा कुसुम नयाँ अनुहार हुन्। उनी अब पूर्व रुकुममा भएका हरेक समस्यासँग साझेदार बन्ने बताउँछिन्।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०९:२५
  • #कुसुम थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्