काठमाडौं– मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली दिन र सरकारलाई खबरदारी गर्न माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
स्वदेशमै केही गर्ने भनेर लागेका उनलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ भन्दै युवाहरूको समूहले प्रदर्शन गरेको हो। उनीहरूले अहिले २ बजे संसद् भवन अगाडि समेत प्रदर्शन गर्नेछन्। प्रदर्शनमा विवेकशील साझा पार्टीका मिलन पाण्डे पनि सहभागी छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो विज्ञप्ति लेख्दै आर्चायले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।