काठमाडौं– संघीय संसद् भवन अगाडि १ जनाले आत्मदाहको प्रयास गरेका छन्। संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद् भवनबाट बाहिर निस्किने क्रममा १ व्यक्तिले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए।
उनलाई प्रहरीले तत्काल उद्धार गरी संसद् भवन भित्रैको प्रहरी कार्यालयमा लगेको थियो। आगो लगाउन खोज्ने व्यक्ति इलामको पञ्चकन्याका प्रेमप्रसाद आचार्य भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनले आत्मदाहको प्रयास गर्नुको कारणबारे भने खुलेको छैन। प्रहरीले घटनाको सन्दर्भमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
पोखरेललाई अहिले उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।