काठमाडौं– नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ।
३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए। उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे।
चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे। युटुबर ‘जानकारी केन्द्र’ र तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’र ‘टुइनस्—राइडर’हरु कार्यत्रममा उपस्थिति थिए।
टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ। यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ। अपाचेका चालकहरुले अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।