काठमाडौं– होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाइकहरू होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना ल्याएको छ।
योजनाअनुसार ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र पाउने छन्। यदि, उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने छन्।
यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ। होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरूले एक रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिन सक्ने छन्।
ग्राहक वर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।