काठमाडौं– होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना बाइकहरु होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना ल्याएको छ।
योजना अनुसार, ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र पाउन सकिन्छ।
यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन्। यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा यो ल्याइएको कम्पनीले जनाएको छ।
होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले १ रूपैयाँमा ३ वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।