काठमाडौं– युनाइटेड नेसन्स युथ एन्ड स्टुडेन्ट एशोसियसन नेपालमा नयाँ कार्यसमित चयन भएको छ । मदन राई अध्यक्ष रहेको नयाँ कार्यसमितिमा उपाध्यक्ष डा सरल शर्मा, महासचिव अमृत बञ्जाडे र कोषाध्यक्ष जोफेन लामा छन्।
यसैगरी सदस्यमा सविन गुरुङ, प्रज्ञावती राई , सुनिता डंगोल, विकास राई, मनिता पोखरेल र निर्मला नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवक्ता दिनेश लामिछाने, सञ्चारकर्मी बुद्धि कट्टेल र पत्रकार सपना राई रहेको निर्वाचन कमिटीले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिलाई युवा सांसद हेमकुमार राई, युनाइटेड नेसन्सका इन्फरमेसन सेन्टर प्रमुख रामबाबु शाह, अर्थोपेडिक्स डाक्टर विप्लप सापकोटा र निवर्तमान अध्यक्ष डा प्रकाश बञ्जाडेले बधाई तथा शुभकामना दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।