काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। बिपी स्मृति दिवसको अवसरमा आज छुट्टै कार्यक्रम गरेर भेलाको घोषणा गरेको हो।
साउनको २९ गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाशमान सिंहले जानकारी गराए। उनका अनुसार भेला काठमाडौंमा हुनेछ।
उनले भने, ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौँ। यो भेलापछि हामी आफ्नो बाटो लिन्छौँ।’
उनले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए। विशेष र नियमित महाधिवेशनको कारणले पार्टी विभाजित अवस्थामा रहेकाले एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
विशेष महाधिवेशनको नाममा गगन थापाले पार्टी कब्जा गरेको आरोप लगाए।
साउनभित्रमा सहमतिका लागि सभापति गगन थापाले प्रयास नगरे अर्को पार्टी घोषणा गर्ने इतर पक्षको तयारी छ। पार्टी नेतृत्वले सहमतिको लागि कुनै प्रयास नगरेको आरोप नेताहरूले लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।