फाइल तस्बिर
काठमाडौं– प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ। दुई पार्टीबिच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति बनेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका संयोजक पुष्पकमल दाहालका साथै सह–संयोजक माधव नेपालबिच शनिबार भएको छलफलमा प्रदेश सरकार गठनबारे सहमति जुटेको स्रोतको भनाइ छ।
सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने तथा नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने सहमति बनेको बताइएको छ। मधेस र गण्डकी प्रदेशबारे भने नेपाली कांग्रेससँग थप छलफल गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।