काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन्।
सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बुझाउन निर्देशन दिएका हुन्।
उनले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदका लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई भने। उनले कुनैपनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन समेत दिए।
अधिकारीले निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको उल्लेख गरे। वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यको पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने सचिव अधिकारीको भनाइ छ।
सचिव अधिकारीले सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी, सेवा मुलक र आत्मनिर्भर संस्थाको रुपमा विकास गर्न चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।