काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार बनाएका हुन्।
गजुरेलले आफूलाई आज (सोमबार) प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले आजैदेखि कार्यभार सम्हाल्ने पनि जानकारी दिए।
गजुरेल मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको आकांक्षी थिए। तर उनले टिकट नै पाएका थिएनन्। त्यतिबेलादेखि उनी असन्तुष्ट थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।