काठमाडौं– कवि उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ।
फिल्मको नयाँ पोस्टर सार्वजनिक भएसँगै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति तय गरेको हो। फिममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ।
यस फिल्ममा ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङ निर्माता रहेका छन्। फिल्मलाई उपेन्द्र सुब्बाले नै लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।