• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अन्तर्द्वन्द्व साम्य पारेर देउवामाथि हावी हुने रणनीतिमा कांग्रेसको इतर पक्ष
64x64
नवीन झा आइतबार, माघ ८, २०७९  २०:३१
1140x725

काठमाडौं– मंसिर ४ गतेको निर्वाचनपछि संसद्‌को सबैभन्दा ठूलो दल बने पनि सत्ता बाहिर पुगेको अवस्थाले कांग्रेसभित्र आन्तरिक ‘संघर्ष’ थप चरम बन्ने देखिएको छ। संस्थापन इतर पक्षले सत्ता बाहिर बस्नुको अवस्थालाई मुद्दा बनाएर सभापति शेबहादुर देउवामाथि ‘हावी’ हुने रणनीति लिएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्दैछ। केन्द्रीय समितिको बैठकका अजेन्डा लगायत विषयमा नेता शेखर कोइराला पक्षले छुट्टै तयारी थालेको छ। आइतबार बसेको यो पक्षको बैठक मंगलवार पुन: बस्ने जनाइएको छ।

अन्तर्द्वन्द्व सामसुम पार्ने प्रयास
आइतबारको बैठकमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई नेपाली कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको बताएका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा आफू नरहेको भनेर कोइरालाले बैठकमा जानकारी पनि गराएका छन्। विश्वासको मतको सवालमा पार्टी तटस्थ बस्नुपर्ने भनेर आफूले सुझाव दिए पनि पार्टी सभापतिले आफ्नो कुरा नसुनेको पनि कोइरालाले बैठकमा ‘ब्रिफिङ’ गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दा कांग्रेसले पनि पक्षमा मत दिएको थियो। पार्टीको उक्त निर्णयप्रति महामन्त्री गगन थापासहित ४ नेताले फरक मत राखेका थिए। त्यतिबेला कोइरालाले भने फरक मत राखेका थिएनन्।  

कोइरालाले देउवाको निर्णयमा साथ दिएको भन्दै इतर पक्षका नेताले असन्तुष्टि पोख्ने गरेका थिए। कार्यकर्ता तहबाट समेत आलोचना हुन थालेपछि कोइरालाले पार्टी सभापतिलाई आफूले विश्वासको मत दिनुहुन्न, तटस्थ बस्नुपर्छ भनेर सुझाव दिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। जुन अभिव्यक्ति कोइरालाले आइतबारको बैठकमा पनि दोहोर्‍याएका हुन्। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा इतर पक्षमा नै अन्तर्द्वन्द्व देखिएको थियो। केही नेताहरु खुलेरै उक्त निर्णयको विरुद्धमा लाग्दा समेत शेखर कोइराला लगायत नेताहरु चुप बसेको विषयले उक्त समूहमा अन्तर्द्वन्द्व रहेको रुपमा अर्थ्याउन थालिएको थियो। 

शेखर पक्षमा अन्तर्द्वन्द्वको सुरुवात विन्दुको रुपमा संसदीय दलको निर्वाचनलाई लिइन्छ। इतर पक्षकै सांसदले संसदीय दलको नेताका उम्मेदवार, महामन्त्री गगन थापालाई मत नदिएको विषय त्यतिबेला नै सार्वजनिक भएको थियो। संसदीय दलको नेताको विषयले सुरु भएको अन्तर्द्वन्द्व प्रधानमन्त्रीलाई विश्वासको मत दिँदाको अवस्थामा आइपुग्दासम्म झन् चर्किएको कांग्रेस इतर पक्षका एक केन्द्रीय सदस्य बताउँछन्। 

Congress_Shekhar_Group_meeting1674393835.jpg
कांग्रेस इतर पक्षका नेताहरुको आइतबार बसेको बैठक

‘प्रचण्डजीलाई विश्वासको मत दिने निर्णय हुँदै गर्दा महामन्त्री गगन थापा लगायत नेताहरुबाट फरक मत प्रस्तुत भएको थियो। जसमा शेखर कोइला लगायत अरु नेताहरुबाट पनि समर्थन हुने अपेक्षा थियो, त्यसो भएन। जसले गर्दा असमझदारी बढेर गएको हो,’ ती केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2

आइतबारको इतर पक्षको बैठकमा पनि नेताहरुले संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धा तथा प्रत्यासी थापाले आफ्नै समूहका सांसदको भोट नपाएको विषय उठाएका थिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा उठेको फरक मतलाई साथ नदिएको विषयलाई पनि केही नेताहरुले उठाएका थिए। त्यसपछि नेता कोइरालाले स्पष्टीकरण दिनुपरेको थियो। 

इतर पक्षको आइतबारको बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले अब आफूहरु केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित भएको बताए। यस्तै, पार्टी सभापतिले नेपाल विद्यार्थी संघ लगायत पार्टीका भातृ संस्थालाई पूर्णता दिन लागेको विषयमा पनि कसरी प्रस्तुत हुने भन्ने विषयमा आफूहरु केन्द्रित भएको केसीको भनाइ छ।

राष्ट्रपति निर्वाचनमा देउवालाई ‘डोर्‍याउने’ रणनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस नेता एवम् सांसद रामचन्द्र पौडेलले संविधानमाथिको खतरा अझै टरिनसकेकाले आफूहरुले विश्वासको मत दिएको बताएका थिए।

‘नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर माओवादलाई टाढा नपार्ने संकेत गरेको छ। माओवादी र हामी मिलेर हिजो संविधानको रक्षामा उभिएका थियौं। संविधानप्रति खतरा अझै हटिसकेको छैन। त्यसैले हामी कांग्रेस र माओवादी एक साथ हुनुपर्छ। अहिले माओवादी र एमाले मिलेर नयाँ सरकार बनेको छ। तर हामी माओवादीसँग आफ्नो सम्बन्ध एक प्रकारले कायम राखिराख्नुपर्छ,’ पौडेलले भनेका थिए। 

सभापति देउवानिकट एक नेता प्रचण्डलाई विश्वासको मत दिनुको अन्तरनिहित उद्देश्य सभामुख वा राष्ट्रपतिमध्ये एक पद सुरक्षित गर्नु रहेको बताउँछन्। ‘पौडेलको उक्त अभिव्यक्तिको सार पनि राज्यशक्तिमा एमालेको एकलौटी हुन नपाओस् भनेरै प्रचण्डलाई विश्वासको मत दिएको भन्ने हो,’ ती नेता भन्छन्। 

कांग्रेसले अपेक्षा गरेकोमध्ये सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। अब प्रतीक्षा राष्ट्रपतिको निर्वाचनको छ।

कांग्रेस प्रवक्ता समेत रहेका सभापति देउवानिकट नेता प्रकाशशरण महतले शनिबार संसद्‌बाट बाहिरिने क्रममा दिएको अभिव्यक्तिले पनि राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसको संस्थापन पक्षले लिएको रणनीतिलाई संकेत गर्छ। 

शनिबार उपसभामुखको निर्वाचनपछि संसद्‌बाट बाहिरिने क्रममा महतले भनेका थिए– ‘राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीज्यूको परीक्षा हुन्छ। विषय राष्ट्रपति निर्वाचनको मात्र होइन। यो संविधानको रक्षाको पक्षमा उभिने कि विपक्षमा उभिने कुरासँग पनि जोडिएको हो। सविधान रक्षाका लागि पनि प्रधानमन्त्रीज्यूले राष्ट्रपतिमा कांग्रेसलाई सघाउनु पर्छ।’ 

कांग्रेसको संस्थापन पक्ष प्रधानमन्त्री प्रचण्डसँग ‘जस्तोसुकै’ बार्गेनिङ गरेर भए पनि राष्ट्रपति पद आफ्नो पक्षमा पार्ने रणनीतिमा छ। तर, इतर पक्षका नेताहरु भने प्रचण्डको मात्रै भर परेर राष्ट्रपतिमा कांग्रेसले प्रस्ताव गरेका व्यक्तिलाई निर्वाचित गर्न नसकिने बुझाइमा छन्। 

इतर पक्षका नेताहरुको बुझाइमा प्रचण्डले आफ्नो सत्तालाई ‘सहज’ बनाउन मात्रै कांग्रेसको साथ खोजेका छन्। कांग्रेसले विश्वासको मत दिँदा ओलीको ‘प्रेसर’ केही कम हुन्छ भन्ने बुझाइका कारण प्रचण्डले कांग्रेससँग संवाद गरेका इतर पक्षका नेताहरु बताउँछन्। 

तर अबको अवस्थामा भने एमालेको सट्टामा कांग्रेसको राष्ट्रपति चुन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड नभएको कांग्रेस इतर पक्षका अर्का एक नेता बताउँछन्। ‘ओलीका अनेक दबाब आउने देखेर उहाँले कांग्रेसको साथ पाउनलाई विश्वासको मत अगाडि संवाद गर्नुभएको थियो। त्यतिबेला केही कुरा पनि भएका होलान्, तर अहिले परिस्थिति फेरिएको छ। प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेको सट्टा कांग्रेसलाई साथ दिनुहुन्छ भन्ने वस्तुगत आधार पनि छैन नि,’ ती नेता भन्छन्। 

राष्ट्रपतिको निर्वाचनलाई लिएर देउवाकै रणनीतिको भर पर्न नसकिने ती नेता बताउँछन्। ‘हिजो हाम्रो पार्टीका प्रवक्ताले सभामुख र उपसभामुखको निर्वाचनमा प्रधानमन्त्री असफल भएको भनेर भन्नुभएको सुनियो। खासमा प्रधानमन्त्री भन्दा पनि हाम्रो पार्टीका सभापतिको रणनीति असफल भएको हो। जुन रणनीतिअन्तर्गत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भनिएको थियो, त्यो रणनीति असफल भइसक्यो। अब राष्ट्रपतिको निर्वाचनमा पनि त्यही रणनीति अख्तियार गरेर हुँदैन। नयाँ योजनाका साथ अगाडि बढ्नुपर्छ,’ ती नेताको भनाइ छ। 

राष्ट्रपतिको निर्वाचनमा कसरी प्रस्तुत हुने भेनर पनि शेखर पक्षका नेताहरु छलफलमा छन्। ‘राष्ट्रपतिको निर्वाचनको मिति घोषणा हुन बाँकी छ। मिति घोषणा भइसकेपछि एक हिसाबको तयारी सुरु हुन्छ। हामीले सभापतिलाई नयाँ योजनामा ल्याउन सक्नुपर्छ। अब उहाँ (देउवा)को रणनीतिकै आस गरेर केही होला जस्तो लाग्दैन,’ ती नेताको भनाइ छ।

१५औं महाधिवेशनको तयारी? 
पार्टी उपसभापति समेत रहेका शेखर पक्षका नेता धनराज गुरुङ अब आफूहरु पार्टीको १५औं महाधिवेशनको तयारीमा पनि लाग्ने बताउँछन्। 

आइतबारको बैठकमा गुरुङले पार्टीको १५औं महाधिवेशनको तयारी अहिलेदेखि नै सुरु गर्न पनि प्रस्ताव गरेका छन्।  पार्टीमा रूपान्तरण र परिवर्तन पक्षधरले अहिलेदेखि नै महाधिवेशन तयारी थाल्नुपर्ने गुरुङको भनाइ थियो। 

‘आजैदेखि १५औं महाधिवेशनको तयारी थालौं। ढिला गर्नु हुँदैन,’ बैठकमा गुरुङको भनाइ थियो। कोइरालालाई सभापतिका रूपमा अघि सारेर महाधिवेशनको तयारी सुरु गरिहाल्नुपर्ने उनको भनाइ थियो। 

‘महाधिवेशन तयारी सुरु गरिहालौँ। ढिला हुँदा धेरै साथीहरूले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ,’ गुरुङले बैठकमा भनेका थिए। 

गुरुङले १५औं महाधिवेशनको तयारी अगाडि बढाउनुपर्ने प्रस्ताव अगाडि सारे पनि बैठकमा सहभागी अन्य नेताहरु भने त्यसप्रति अपेक्षित ‘गम्भीर’ देखिएनन्। 

बैठकमा सहभागी नेता केसीका अनुसार अहिलेको मुख्य विषय केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने हो। 

‘हामीले माओवादीसँग तालमेल गरेर तीनै तहका चुनाव लड्यौं। सरकार गठनका बेला माओवादी अलग हुँदा प्रदेश र केन्द्रको सरकारबाट बाहिर रहनुपर्ने अवस्था सिर्जना भयो। यसमा क–कसको कमजोरी रह्यो भनेर केन्द्रीय समितिमा समीक्षा हुन्छ, हुनुपर्‍यो। त्यसका लागि हामीले विषयलाई कसरी उठाउने भन्ने कुरा मुख्य हो,’ केसीले भने।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पूर्वराजाका संवाद सचिव पाठक रिहा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज ग... शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्... शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्