• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अन्तर्द्वन्द्व साम्य पारेर देउवामाथि हावी हुने रणनीतिमा कांग्रेसको इतर पक्ष

64x64
नवीन झा आइतबार, माघ ८, २०७९  २०:३१
1140x725

काठमाडौं– मंसिर ४ गतेको निर्वाचनपछि संसद्‌को सबैभन्दा ठूलो दल बने पनि सत्ता बाहिर पुगेको अवस्थाले कांग्रेसभित्र आन्तरिक ‘संघर्ष’ थप चरम बन्ने देखिएको छ। संस्थापन इतर पक्षले सत्ता बाहिर बस्नुको अवस्थालाई मुद्दा बनाएर सभापति शेबहादुर देउवामाथि ‘हावी’ हुने रणनीति लिएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्दैछ। केन्द्रीय समितिको बैठकका अजेन्डा लगायत विषयमा नेता शेखर कोइराला पक्षले छुट्टै तयारी थालेको छ। आइतबार बसेको यो पक्षको बैठक मंगलवार पुन: बस्ने जनाइएको छ।

अन्तर्द्वन्द्व सामसुम पार्ने प्रयास
आइतबारको बैठकमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई नेपाली कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको बताएका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा आफू नरहेको भनेर कोइरालाले बैठकमा जानकारी पनि गराएका छन्। विश्वासको मतको सवालमा पार्टी तटस्थ बस्नुपर्ने भनेर आफूले सुझाव दिए पनि पार्टी सभापतिले आफ्नो कुरा नसुनेको पनि कोइरालाले बैठकमा ‘ब्रिफिङ’ गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दा कांग्रेसले पनि पक्षमा मत दिएको थियो। पार्टीको उक्त निर्णयप्रति महामन्त्री गगन थापासहित ४ नेताले फरक मत राखेका थिए। त्यतिबेला कोइरालाले भने फरक मत राखेका थिएनन्।  

कोइरालाले देउवाको निर्णयमा साथ दिएको भन्दै इतर पक्षका नेताले असन्तुष्टि पोख्ने गरेका थिए। कार्यकर्ता तहबाट समेत आलोचना हुन थालेपछि कोइरालाले पार्टी सभापतिलाई आफूले विश्वासको मत दिनुहुन्न, तटस्थ बस्नुपर्छ भनेर सुझाव दिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। जुन अभिव्यक्ति कोइरालाले आइतबारको बैठकमा पनि दोहोर्‍याएका हुन्। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा इतर पक्षमा नै अन्तर्द्वन्द्व देखिएको थियो। केही नेताहरु खुलेरै उक्त निर्णयको विरुद्धमा लाग्दा समेत शेखर कोइराला लगायत नेताहरु चुप बसेको विषयले उक्त समूहमा अन्तर्द्वन्द्व रहेको रुपमा अर्थ्याउन थालिएको थियो। 

शेखर पक्षमा अन्तर्द्वन्द्वको सुरुवात विन्दुको रुपमा संसदीय दलको निर्वाचनलाई लिइन्छ। इतर पक्षकै सांसदले संसदीय दलको नेताका उम्मेदवार, महामन्त्री गगन थापालाई मत नदिएको विषय त्यतिबेला नै सार्वजनिक भएको थियो। संसदीय दलको नेताको विषयले सुरु भएको अन्तर्द्वन्द्व प्रधानमन्त्रीलाई विश्वासको मत दिँदाको अवस्थामा आइपुग्दासम्म झन् चर्किएको कांग्रेस इतर पक्षका एक केन्द्रीय सदस्य बताउँछन्। 

Congress_Shekhar_Group_meeting1674393835.jpg
कांग्रेस इतर पक्षका नेताहरुको आइतबार बसेको बैठक

‘प्रचण्डजीलाई विश्वासको मत दिने निर्णय हुँदै गर्दा महामन्त्री गगन थापा लगायत नेताहरुबाट फरक मत प्रस्तुत भएको थियो। जसमा शेखर कोइला लगायत अरु नेताहरुबाट पनि समर्थन हुने अपेक्षा थियो, त्यसो भएन। जसले गर्दा असमझदारी बढेर गएको हो,’ ती केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने। 

nimb
nimb
Ncell 2
Ncell 2

आइतबारको इतर पक्षको बैठकमा पनि नेताहरुले संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धा तथा प्रत्यासी थापाले आफ्नै समूहका सांसदको भोट नपाएको विषय उठाएका थिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा उठेको फरक मतलाई साथ नदिएको विषयलाई पनि केही नेताहरुले उठाएका थिए। त्यसपछि नेता कोइरालाले स्पष्टीकरण दिनुपरेको थियो। 

इतर पक्षको आइतबारको बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले अब आफूहरु केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित भएको बताए। यस्तै, पार्टी सभापतिले नेपाल विद्यार्थी संघ लगायत पार्टीका भातृ संस्थालाई पूर्णता दिन लागेको विषयमा पनि कसरी प्रस्तुत हुने भन्ने विषयमा आफूहरु केन्द्रित भएको केसीको भनाइ छ।

राष्ट्रपति निर्वाचनमा देउवालाई ‘डोर्‍याउने’ रणनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस नेता एवम् सांसद रामचन्द्र पौडेलले संविधानमाथिको खतरा अझै टरिनसकेकाले आफूहरुले विश्वासको मत दिएको बताएका थिए।

‘नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर माओवादलाई टाढा नपार्ने संकेत गरेको छ। माओवादी र हामी मिलेर हिजो संविधानको रक्षामा उभिएका थियौं। संविधानप्रति खतरा अझै हटिसकेको छैन। त्यसैले हामी कांग्रेस र माओवादी एक साथ हुनुपर्छ। अहिले माओवादी र एमाले मिलेर नयाँ सरकार बनेको छ। तर हामी माओवादीसँग आफ्नो सम्बन्ध एक प्रकारले कायम राखिराख्नुपर्छ,’ पौडेलले भनेका थिए। 

सभापति देउवानिकट एक नेता प्रचण्डलाई विश्वासको मत दिनुको अन्तरनिहित उद्देश्य सभामुख वा राष्ट्रपतिमध्ये एक पद सुरक्षित गर्नु रहेको बताउँछन्। ‘पौडेलको उक्त अभिव्यक्तिको सार पनि राज्यशक्तिमा एमालेको एकलौटी हुन नपाओस् भनेरै प्रचण्डलाई विश्वासको मत दिएको भन्ने हो,’ ती नेता भन्छन्। 

कांग्रेसले अपेक्षा गरेकोमध्ये सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। अब प्रतीक्षा राष्ट्रपतिको निर्वाचनको छ।

कांग्रेस प्रवक्ता समेत रहेका सभापति देउवानिकट नेता प्रकाशशरण महतले शनिबार संसद्‌बाट बाहिरिने क्रममा दिएको अभिव्यक्तिले पनि राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसको संस्थापन पक्षले लिएको रणनीतिलाई संकेत गर्छ। 

शनिबार उपसभामुखको निर्वाचनपछि संसद्‌बाट बाहिरिने क्रममा महतले भनेका थिए– ‘राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीज्यूको परीक्षा हुन्छ। विषय राष्ट्रपति निर्वाचनको मात्र होइन। यो संविधानको रक्षाको पक्षमा उभिने कि विपक्षमा उभिने कुरासँग पनि जोडिएको हो। सविधान रक्षाका लागि पनि प्रधानमन्त्रीज्यूले राष्ट्रपतिमा कांग्रेसलाई सघाउनु पर्छ।’ 

कांग्रेसको संस्थापन पक्ष प्रधानमन्त्री प्रचण्डसँग ‘जस्तोसुकै’ बार्गेनिङ गरेर भए पनि राष्ट्रपति पद आफ्नो पक्षमा पार्ने रणनीतिमा छ। तर, इतर पक्षका नेताहरु भने प्रचण्डको मात्रै भर परेर राष्ट्रपतिमा कांग्रेसले प्रस्ताव गरेका व्यक्तिलाई निर्वाचित गर्न नसकिने बुझाइमा छन्। 

इतर पक्षका नेताहरुको बुझाइमा प्रचण्डले आफ्नो सत्तालाई ‘सहज’ बनाउन मात्रै कांग्रेसको साथ खोजेका छन्। कांग्रेसले विश्वासको मत दिँदा ओलीको ‘प्रेसर’ केही कम हुन्छ भन्ने बुझाइका कारण प्रचण्डले कांग्रेससँग संवाद गरेका इतर पक्षका नेताहरु बताउँछन्। 

तर अबको अवस्थामा भने एमालेको सट्टामा कांग्रेसको राष्ट्रपति चुन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड नभएको कांग्रेस इतर पक्षका अर्का एक नेता बताउँछन्। ‘ओलीका अनेक दबाब आउने देखेर उहाँले कांग्रेसको साथ पाउनलाई विश्वासको मत अगाडि संवाद गर्नुभएको थियो। त्यतिबेला केही कुरा पनि भएका होलान्, तर अहिले परिस्थिति फेरिएको छ। प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेको सट्टा कांग्रेसलाई साथ दिनुहुन्छ भन्ने वस्तुगत आधार पनि छैन नि,’ ती नेता भन्छन्। 

राष्ट्रपतिको निर्वाचनलाई लिएर देउवाकै रणनीतिको भर पर्न नसकिने ती नेता बताउँछन्। ‘हिजो हाम्रो पार्टीका प्रवक्ताले सभामुख र उपसभामुखको निर्वाचनमा प्रधानमन्त्री असफल भएको भनेर भन्नुभएको सुनियो। खासमा प्रधानमन्त्री भन्दा पनि हाम्रो पार्टीका सभापतिको रणनीति असफल भएको हो। जुन रणनीतिअन्तर्गत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भनिएको थियो, त्यो रणनीति असफल भइसक्यो। अब राष्ट्रपतिको निर्वाचनमा पनि त्यही रणनीति अख्तियार गरेर हुँदैन। नयाँ योजनाका साथ अगाडि बढ्नुपर्छ,’ ती नेताको भनाइ छ। 

राष्ट्रपतिको निर्वाचनमा कसरी प्रस्तुत हुने भेनर पनि शेखर पक्षका नेताहरु छलफलमा छन्। ‘राष्ट्रपतिको निर्वाचनको मिति घोषणा हुन बाँकी छ। मिति घोषणा भइसकेपछि एक हिसाबको तयारी सुरु हुन्छ। हामीले सभापतिलाई नयाँ योजनामा ल्याउन सक्नुपर्छ। अब उहाँ (देउवा)को रणनीतिकै आस गरेर केही होला जस्तो लाग्दैन,’ ती नेताको भनाइ छ।

१५औं महाधिवेशनको तयारी? 
पार्टी उपसभापति समेत रहेका शेखर पक्षका नेता धनराज गुरुङ अब आफूहरु पार्टीको १५औं महाधिवेशनको तयारीमा पनि लाग्ने बताउँछन्। 

आइतबारको बैठकमा गुरुङले पार्टीको १५औं महाधिवेशनको तयारी अहिलेदेखि नै सुरु गर्न पनि प्रस्ताव गरेका छन्।  पार्टीमा रूपान्तरण र परिवर्तन पक्षधरले अहिलेदेखि नै महाधिवेशन तयारी थाल्नुपर्ने गुरुङको भनाइ थियो। 

‘आजैदेखि १५औं महाधिवेशनको तयारी थालौं। ढिला गर्नु हुँदैन,’ बैठकमा गुरुङको भनाइ थियो। कोइरालालाई सभापतिका रूपमा अघि सारेर महाधिवेशनको तयारी सुरु गरिहाल्नुपर्ने उनको भनाइ थियो। 

‘महाधिवेशन तयारी सुरु गरिहालौँ। ढिला हुँदा धेरै साथीहरूले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ,’ गुरुङले बैठकमा भनेका थिए। 

गुरुङले १५औं महाधिवेशनको तयारी अगाडि बढाउनुपर्ने प्रस्ताव अगाडि सारे पनि बैठकमा सहभागी अन्य नेताहरु भने त्यसप्रति अपेक्षित ‘गम्भीर’ देखिएनन्। 

बैठकमा सहभागी नेता केसीका अनुसार अहिलेको मुख्य विषय केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने हो। 

‘हामीले माओवादीसँग तालमेल गरेर तीनै तहका चुनाव लड्यौं। सरकार गठनका बेला माओवादी अलग हुँदा प्रदेश र केन्द्रको सरकारबाट बाहिर रहनुपर्ने अवस्था सिर्जना भयो। यसमा क–कसको कमजोरी रह्यो भनेर केन्द्रीय समितिमा समीक्षा हुन्छ, हुनुपर्‍यो। त्यसका लागि हामीले विषयलाई कसरी उठाउने भन्ने कुरा मुख्य हो,’ केसीले भने।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बैठकले देउवाले नेपाली कांग्रेसको गौरवशाली इतिहास निर्माणमा पुर्‍याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भू... बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका... बिहीबार, साउन २८, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्