अमेरिका– अमेरिकी न्याय मन्त्रालयका छानबिनकर्ताले राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्तावेत जफत गरेका छन्। अमेरिकी राष्ट्रपति बाइडेनका वकिलले उक्त जानकारी दिएका हुन्।
शुक्रबार यस्तै केही दस्तावेज विलमिग्टनस्थित घरमा पनि भेटिएका थिए। यी दस्तावेज बाइडेन उप–राष्ट्रपति र सिनेटर भएको समयका रहेको बताइएको छ।
वकिल बब बाबरले भने, ‘बाइडेन आफँले लेखेका नोट र त्यस वरिपरिका सामग्रीसमेत जफत गरिएका छन्।’
करिब १३ घन्टा छानबिन गरिएको थियो। उक्त समय राष्ट्रपति बाइडेन घरमा थिएनन्। वकिल बबका अनुसार राष्ट्रपति बाइडेनले उपराष्ट्रपति रहेको समयसँग जोडिएका दस्तावेज (सम्भवत गोपनीय)को जाँचका लागि न्याय मन्त्रालयलाई अनुमति दिएका थिए।
दस्तावेज नेसनल अर्काइभ्स र न्याय मन्त्रालयलाई सुम्पिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यो जाँचको जिम्मेवारी सम्हाल्न विशेष काउन्सिल रबर्ट हरलाई नियुक्त गरिएको छ।
छानबिन त्यस्तो समयमा चलिरहेको छ, जुन समयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सयौं गोप्य दस्ताबेज गलत तरिकाले राखेका विषयमा खोजतलास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।