काठमाडौं– तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाइने सोनाम ल्होसार आइतबार धुमधामसँग मनाइदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्।
नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक ची सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन् । ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।
तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट सुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ। सन् २०२३ वर्ष खरायोको नयाँ वर्षको रुपमा प्रवेश गरेको छ।
सरकारले सोनाम ल्होसारको अवसरमा आइतबार देशैभर सार्वजनिक विदा दिएको छ। यस पर्वको अवसरमा राष्ट्रपतिविद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।
सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको तामाङ समुदायले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।