टोकियो– जापानको मुद्रास्फीति दर चार दशकभन्दा बढी समय अर्थात ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ। बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ।
जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दबाब परेको छ। खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर ब्याङ्क अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ।
केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ। शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ। बजार मूल्य लगातार नवौंँ महिनामा बढेको छ जुन केन्द्रीय ब्याङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ।
मूल्य वृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।