सिन्धुली– विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ चियाबारी नजिक आज बोलेरो जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको ना१ज ६४४५ नंको सो जिप दुर्घटना हुँदा चालक धनुषा–७ धारापानीका २९ वर्षीय कुमार लामा, धनुषा नगरपालिका–१ भिमानका २२ वर्षीय आनन्द पुर्वछाने, २७ वर्षीय सोमबहादुर श्रेष्ठ र कमलामाई नगरपालिका–१२ रानीचुरीका २५ वर्षीया रमाकुमारी गुरुङ गम्भीर घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।