दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधबार सुत्केरी व्यथा लाग्यो।
सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन।
गर्भवति ती महिलालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन। केही सीप नचलेपछि स्थानीयहरुले काठमा डोरी बेर्दै मान्छे अटाउने स्ट्रेचर निर्माण गरे। त्यसैमा राखेर धामीलाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ठिङ पुर्याइयो।
गाउँमा स्ट्रेचर नहुँदा डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य संस्था पुर्याएको स्थानीय प्रकाश सिंह धामीले बताए।
उनले भने, ‘गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्ट्रेचर छैन। न त राम्रो बाटोघाटो न त सडक नै। कोही बिरामी भइहाले पनि अस्पताल पुर्याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।