बेइजिङ– चिनियाँ कम्युनिस्ट पार्टीको (सीसीपी)को २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको पार्टीको विधान १० वटा विदेशी भाषामा प्रकाशन भएको छ।
अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिस, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओजस्ता विदेशी भाषामा प्रकाशन गरिएको बिहीबार जनाइएको हो। स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ।
चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिएको निर्देशनलगायत विषय पुस्तकमा समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।