काठमाडौं– वाइसिएल नेपालको केन्द्रीय समितिको पूर्ण बैठकले देशभरका वडामा एकै दिन सम्मेलन गर्ने निर्णय गरेको छ।
अाज बसेको बैठकले कार्तिक ११ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको हो।
बैठकले २९ सदस्य कार्यालय, ६५ सदस्य सचिवालय, १ सय ९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ। साथै विभिन्न विभागहरु पनि गठन गरेको जनाएकाे छ।
माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट भोलि सोमबार डिजिटल एप्स उदघाटन गरी कार्यक्रम सुरु गर्ने भएकोले सबै जिल्लाका संयोजक र सचिवलाई समेत कार्यक्रममा बोलाइएको जनाएको छ।
संगठनका अध्यक्ष दिपशिखाले संगठनलाई हाईटेक् प्रविधिमा लगी तल्लो तहसम्म संगठन सुदृढिकरणको अभियान लैजान निर्देशन दिए। विदेशमा रहेका युवाहरुलाई संगठित गर्ने उद्देश्यले विदेशमा नेपलिज युथ सेन्टर स्थापना गर्ने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।