काठमाडौं- तीब्बतको एक सुरुङमार्गबाहिर हिमपहिरो जाँदा सुरुङमा फसेर कम्तिमा आठजनाको मृत्यु भएको छ।
मंगलबार बेलुकी न्याङ्ची सहर जोड्ने सुरुङबाहिर हिमपहिरो गएको हो। बाहिर गएको पहिरोले सुरुङबाट निस्किने बाटो बन्द गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ।
एकदिन ढिलोगरी सार्वजनिक गरिएको समाचारमा कम्तिमा आठ जनाको मृत्यु भएको बताउँदै कतिजना बेपत्ता छन् भन्ने एकिन भइनसकेको जनाइएको छ। अहिले पनि खोज्ने र उद्धार गर्ने अभियान चलिरहेको बताउँदै अन्तिम तथ्यांक दिन नसकिएको उल्लेख छ।
केन्द्र सरकारले आफतकालीन प्रबन्ध मन्त्रालयलाई सहयोगका लागि निर्देशन दिएको छ। उक्त मन्त्रालयले १ सय ३१ जना उद्धारकर्ता पठाएको छ। २८ आपतकालीन उद्धार बाहन पठाइएको छ।
न्याङ्ची सहर ९ हजार ९ सय ७४ फिट उचाइमा रहेको छ। तीब्बतको राजधानी ल्हासाबाट पाँच घन्टामा त्यहाँ पुगिन्छ। जुन रुट सन् २०१८ मा खोलिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।