काठमाडौं– युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले राजधानी कीभमा भएको हेलिकप्टर दुर्घटनालाई युद्धको समयमा नभएको भएको बताएका छन्। बुधबार भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १४ जनाको मृत्यु भएको छ।
युक्रेनले अहिलेसम्म उक्त दुर्घटनामा रुसको हात भएको दाबी गरेको छैन। तर जेलेनेस्कीले दावोसमा विश्व आर्थिक मञ्चमा यो दुर्घटना युद्धको नतिजा भएको बताएका छन्।
दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टीर्सकी र उनका केही सहयोगीको मृत्य भएको छ। भिडियोका माध्यमबाट आफ्नो सम्बोधनमा जेलेनेस्कीले आफ्ना सहयोगी पश्चिमी देशलाई छिटोभन्दा छिटो हतियार पठाउन अपिल गरेका छन्।
नेटोका प्रमुखले यसै मञ्चमा आफ्नो सम्बोधनमा युक्रेनलाई छिट्टै नयाँ र अधिक शक्तिशाली तथा आधुनिक हतियार प्राप्त हुने दाबी गरेका छन्। जेन्स स्टोल्टेनबर्गले कीभमा कस्ता हतियार पठाउने भन्नेबारे शुक्रबार नेटोका सदस्यहरुको बैठक बस्ने बताएका छन्।
बुधबारको दुर्घटनामा मृत्यु हुनेमध्ये एक बच्चा पनि परेका छन्। ४२ वर्षीय गृहमन्त्री डेनिसको रुस आक्रमणपछ युक्रेनका सबैभन्दा ठूला अधिकारीको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।