काठमाडौं– न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेकी छन्। राजीनामा भने आगामी महिना दिने बताएकी छन्।
एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी छन्। साथै लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने बताएकी छन्।
उनको कार्यकालको केही समय बाँकी थियो। अर्को निर्वाचनमार्फत् फेरि प्रधानमन्त्री बन्ने अवसर भए पनि आफूले त्यसो नगर्ने बताएकी छन्। बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन्।
आगामी अक्टुबर १४ मा आम निर्वाचन हुँदैछ। उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएकी थिइन्। त्यसबेला उनी विश्वकै कान्छी सरकार प्रमुख बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।