पोखरा– धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका व्यक्तिको शव तीन महिनापछि फेला परेको छ।
गत असोज २१ गते सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्की धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका थिए।
उनको शव मंगलबार फेला परेको हो। भारी हिमपात भएका बेला बेपत्ता भएका कार्कीको शव हिउँ पग्लिँदै गएपछि फेला परेको हो। उनको शव हेलिकप्टरबाट बुधबार नै पोखरा ल्याएर गाडी मार्फत् काठमाडौं पठाइएको छ।
कार्की फूल सिजनल माउन्टेन ट्रेक्स प्रालिबाट पदयात्रामा निस्किएका थिए। टुरिस्ट गाइडका रुपमा कार्यरत कार्की धौलागिरी हिमालको बेसक्याम्प खरपासमा खसेर बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।