• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारको ‘साइड इफेक्ट’ : समर्थन फिर्ता लिने तयारीमा साना दल

64x64
नवीन झा मंगलबार, माघ ३, २०७९  २१:०७
1140x725
संसद्‌मा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्ड। फाइल तस्बिर।

काठमाडौं– १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा प्रतिनिधि सभाबाट विश्वासको मत लिए। प्रधानमन्त्री नियुक्त हुँदा आफ्नो पार्टीबाहेक नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र २ स्वतन्त्र सांसदको साथ पाएका उनले विश्वासको मत लिँदा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत साथ पाए।

विश्वासको मत लिएकै दिन प्रमुख सत्ता साझेदार नेकपा एमालेले कांग्रेसको समर्थनलाई लिएर शंका व्यक्त गर्‍यो। एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष्ट्रमबाटै यसको संकेत गरे। त्यसपछि सत्ता गठबन्धनमा देखिएको शंका र असमझदारी मंगलबार मन्त्रिपरिषद् विस्तारसम्म आइपुग्दा घट्नुको साटो झन् बढेको छ।

‘मालदार मन्त्रालय’ नपाएपछि जसपा सरकारमा गएन। नागरिक उन्मुक्ति पनि रेशम चौधरीको रिहाइको ‘बटमलाइन’ बनाएर बसेको छ। रेशम रिहा नहुन्जेल सरकारमा नजाने उसको अडान छ। जनमतबाट मन्त्री बनेका अब्दुल खान कार्यभार सम्हाल्न गएनन्। यसअघि बिनाविभागीय मन्त्री बनाइएका उनलाई मंगलबार खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएको थियो।

पछिल्ला घटनाक्रमले जसपा, जनमत, उन्मुक्ति र लोसपाले दिएको विश्वासको मत भत्किने संकेत देखिएको छ। उनीहरू विश्वासको मत फिर्ता लिने तयारीमा जुटेका बताइन्छ। 

जसपाले सोमबार बसेको सतारुढ दलको बैठकमै असन्तुष्टि राख्दै सरकारमा सहभागी नहुने बताएको थियो। जसपाले मंगलबार पार्टीका सांसद र पार्टी पदाधिकारीहरूसँग पनि छलफल गर्‍यो।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ मुख्य दलहरू माओवादी र एमालेले आफूहरूलाई वेवास्ता गरेको जानकारी गराए। बैठक बुधबार पुनः बस्ने र त्यसपछि एउटा निष्कर्षमा पुगिने जसपा नेताहरूले बताएका छन्। जसपामा सरकारलाई दिएको समर्थन नै फिर्ता लिनेगरि छलफल सुरु भएको छ। 

यद्यपि, जसपाले मधेस प्रदेशको पनि सम्भावित खतरा हेर्दै निर्णय गरिने जनाएको छ। मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ। मुख्यमन्त्री बनेका जसपाका सरोज यादवले विश्वासको मत लिन बाँकी छ।

यता, जनमत पार्टीमा पनि सरकारमा बस्ने कि नबस्ने भन्ने बहस सुरु भएको छ। जनमतबाट मन्त्री बनेका खानले कार्यभार नसम्हाल्नुलाई यसैसँग जोडेर हेरिएको छ। उनले आफ्नो पार्टीको माग अनुसार उद्योग मन्त्रालय नपाएसम्म पदभार ग्रहण नगर्ने नेपाल लाइभलाई बताए।

Ncell 2
Ncell 2

उनले सरकारबाट बाहिरिने कि बस्ने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्ने उल्लेख गरे। जनकपुरमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेका छन्। उनी मंगलबार नै कुनै ठोस निर्णयमा पुगिसकेका छैनन्।

जनमत पार्टीले केही समयअघि नागरिक उन्मुक्ति पार्टीसँग मोर्चाबन्दी गरेको थियो। जनमत स्रोतका अनुसार राउत सरकारलाई दिएको समर्थन फिर्ता लिने भए उन्मुक्तिसहित फिर्ता हुँदा राम्रो हुने भन्नेमा छन्। जसका लागि उन्मुक्ति पार्टीसँग राउतले छलफल अघि बढाएका छन्। 

यता, लोसपालाई सतारुढ दलले मन्त्रालय बाँडफाँटदेखि सरकारमा सहभागिताका बारेमा एकपटक पनि छलफलमा नबोलाएको भन्दै असन्तुष्टि देखिएको छ। जसका कारण लोसपा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मूडमा पुगेको छ। 

उसो भए यी चार पार्टीले समथर्न लिए प्रधानमन्त्री प्रचण्डलाई समस्या पर्छ? अहिलेकै अंकणितले उनलाई कुनै असर पर्दैन। माओवादी, एमाले, रास्वपा र राप्रपा एक ठाउँमा उभिँदा मात्र पनि उनलाई बहुमत पुग्ने देखिन्छ। 

तर, सरकारमै सहभागी भएका कारण जनमत पार्टीले समर्थन फिर्ता लिएमा भने प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्ने हुन्छ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्