• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा सभामुख चयन प्रक्रियाः नागरिक उन्मुक्तिको ‘यू–टर्न’

64x64
शेरबहादुर ऐर मंगलबार, माघ ३, २०७९  ०८:२१
1140x725

धनगढी– ‘हामीसँग मुख्यमन्त्रीको मात्रै सहमति भएको हो। अरु हामीलाई थाहा छैन। सपथ ग्रहण गर्ने बेलामा किन दुई जना मन्त्रीहरुलाई सपथ गराइयो यसमा हाम्रो आपत्ति छ। हामी तटस्थ बस्छौं’, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको तेस्रो बैठकमा लक्ष्मण किशोर चौधरीले भने। सोही अनुसार सो बैठकमा भएको सभामुखको निर्वाचनमा दुवै दलका उम्मेदवारले बहुमत प्राप्त नगर्दा अस्वीकृत भए। 

‘वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक महिना पुगिसक्यो। हाम्रा माग र मुद्दाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका दलहरु गम्भिर देखिएनन्। हाम्रा माग सम्बोधन गर्नतर्फ ध्यान जान सकेको छैन। हामी पनि सरकारका कदमका आधारमा निर्णय लिएर अघि बढ्छौं’  फेसबुकमार्फत् थारु नेता लक्ष्मण थारुले माघि पर्वको शुभकामना सन्देश दिँदै व्यक्त गरिएको वक्तव्य हो यो।

सोमबार सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन बिहान ९ बजे आह्वान गरिएको थियो। राष्ट्रिय शोक बिदाका कारण सर्वदलीय बैठकबाट मंगलबार बिहान १० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। यद्यपि, सत्तारुढ दलमै रहेर पनि असन्तुष्टि पोख्दै आएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु सभामुख चयनमा सकारात्मक बनेका छन्।
 
‘शनिबारसम्म हाम्रा केही असन्तुष्टि थिए। ति माग र मुद्दामा सहमति हुन सकेको थिएन। दलको पनि ह्विप मान्नैपर्छ। हामी गठबन्धन दलभित्रै रहेकाले सभामुख निर्वाचनमा सत्तारुढ पक्षलाई समर्थन गर्छौं’ सोमबार प्रदेश सभामा भेटिएका उन्मुक्तिका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य कैलाश चौधरीले प्रतिक्रिया दिए।

उनले सहमतिका बुँदा भने खोल्न चाहेनन्। उनले भने,  ‘सत्ता गठबन्धनभित्र हाम्रो सहमति भइसकेको छ। सभामुख चयन प्रक्रियालाई धेरै कसिलो बन्न दिने छैनौं।’

माग र मुद्दा पूरा नभएसम्म सरकारमा नजाने प्रतिक्रिया दिँदै आएको सो दलको एका–एक सभामुख निर्वाचनमा समर्थन गर्ने धारणा आएसँगै सत्ता भागबण्डाको खेल रहेको आरोप लागिरहेको छ।

एक नेताका अनुसार उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा उपसभामुखसहित तीन मन्त्रालय तथा दुई संसदीय समितिको सभापतिमा दाबी गरिरहेको छ। शनिबारसम्म सरकारबाट उन्मुक्ति लिखित सहमति नआउँदा तटस्थ बसेको थियो। 

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले सभामुखमा उन्मुक्तिले मतदान गर्ने विषयमा मात्र सहमति भएको बताए। उनले भने, ‘कुनै पनि बुँदा छैनन्। गठबन्धनभित्र सभामुखको पक्षमा मतदान गर्ने मात्र सहमति भएको हो, अन्य केही होइन।’

लगातार दुईपटक अस्वीकृत सभामुख
बिहीबार भएको सभामुख निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २६ मत आए पनि बहुमत नपुग्दा उनी अस्वीकृत भए। नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २४ मत प्राप्त गरे। दुई चरणमा भएको निर्वाचनमा बिहीबार बहुमत कसैको पनि नपुगेको भन्दै सभाध्यक्ष शिवराज भट्टले अस्वीकृत गरे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको थियो भने प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले)की जानकी ऐर बमले राखेको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको थियो।

सत्ता गठबन्धन दलभित्रै असन्तुष्टि बढेकोले सभामुख चयन प्रक्रियामा समस्या आइरहेको प्रदेश सभा सदस्यहरुको प्रतिक्रिया दिए।

पाउलान त भण्डारीले बहुमत ?
प्रदेशमा सभामुख चयन प्रक्रियामा सत्तारुढ गठबन्धन दलभित्र नागरिक उन्मुक्तिको समर्थन रहने भएसँगै बहुमत पाउने आकलन गरिएको छ। उन्मुक्ति पार्टीका सात जना सदस्यको सभामा उपस्थिति रहेको छ। बिहीबार नागरिक उन्मुक्ति र नेकपा एमालेका एक/एक प्रदेश सभा सदस्य अनुपस्थित तथा नेकपा एमालेकै एक नेताको मत बदर हुँदा सत्ता गठबन्धन दलका उम्मेदवार भण्डारीले बहुमत प्राप्त गर्न सकेनन्।

नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यहरुलाई पार्टीकै ह्वीप आएको प्रतिक्रिया छ।  ‘मंगलबार आह्वान गरिएको सभामुख निर्वाचनका लागि प्रतिनिधि सभामा निर्वाचित उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले धनगढीमै पुगेर प्रदेश सभा सदस्यहरुसँग छलफल गरेकी छिन्,’ उन्मुक्तिका एक सदस्यले भने, ‘सरकारमा नजाने भन्ने निर्णय हो तर सरकार बनाउनमा समर्थन गर्नुपर्छ भन्ने प्रतिक्रिया आएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ। यस प्रदेशमा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र एक/एक गरि ५३ सदस्य रहेका छन्। सभामुख निर्वाचनमा बहुमत पुर्‍याउन २७ मत आवश्यक रहेको छ।

सभामुख चयन प्रक्रिया समायवधि सकियो
सुदूरपश्चिम प्रदेशमा माघ २ गतेभित्र सभामुख, उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। तर, प्रदेशमा सो अवधिमा सभामुख, उपसभामुख चयन भएका छैनन्।

शोक बिदाका कारण सोमबार आह्वान गरिएको बैठक मंगलबार १० बजेसम्म स्थगित गरिएको छ। ‘संविधानको धारा १८२ (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन्’ भनिएको छ। 

त्यसैगरी सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को नियम ७ (५) मा सभामुखमा प्रस्तावित प्रदेशसभा सदस्य तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा निर्वाचित भएको मानिने उल्लेख छ। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो। त्यस हिसाबले माघ २ (सोमबार) भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने हो।

सभाध्यक्ष शिवरा भट्टले भने –‘यदि तोकिएको दिन बिदा परेको भएमा अर्को दिन गर्न सकिने व्यवस्था रहेकोले सभाको बैठक स्थगित गरिएको हो।’ उनले यसले संविधानमाथि नै प्रहार नहुने बताए।

निवर्तमान प्रदेश सभा सदस्य भरतबहादुर खडकाले भने,  ‘सभामुख चयन प्रक्रिया सभा सुरु भएको १५ दिनभित्र गरिसक्नुपर्ने हुन्छ। केही दिन तलमाथि हुँदा संवैधानिक व्यवस्थामा जटिलता आउने आकलन गर्नुहुँदैन। बरु सभामुख तथा उपसभामुख चयनमा धेरै विलम्ब गरिनुहुँदैन।’

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्