काठमाडौं– एसएस राजामौलीको फिल्म ‘आरआरआर’ फेरि यतिबेला चर्चामा छ। गत चैतमा रिलिज भएको यो चलचित्रले दर्शकको राम्रो साथ पायो।
यस फिल्मको गीत नाटू नाटूले भर्खरै गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको उपाधि जितेको छ। अब यो फिल्मले अर्को सफलताको कथा लेखेको छ।
फिल्मले क्रिटिक्स च्वाइस अवार्डको सूचीमा आफ्नो स्थान बनाएको छ। ‘अवतारः द वे अफ दी’का निर्देशक जेम्स क्यामरुनले धेरै उपलब्धि पछि स्टारकास्टको प्रशंसा गरेका छन्।
जेम्स क्यामरुनको प्रशंसा सुनेर ‘आरआरआर’का स्टार कास्टसहितका निर्माता पनि निकै खुसी भए। अवार्डपछि राजामौलीले जेम्स क्यामरुनलाई भेट्ने मौका पनि पाए। राजामौलीले पनि आफ्नो खुसी ट्विटरमा सेयर गरेका छन्। राजामौलीले भने कि उनी अहिले ‘सातौं स्वर्ग’मा छन्।
उनले ट्वीट गरेका छन्, ‘महान निर्देशक जेम्स क्यामरनले आरआरआर हेरे। उनलाई यो धेरै मन पर्यो, उनले आफ्नी पत्नी सुजीलाई पनि यो हेर्न सल्लाह दिए र उनीसँग फेरि फिल्म हेरे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।