काठमाडौं- यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबारका सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतलीन र उद्दार उडानबाहेक नियमित उडान रद्द गरेको उल्लेख गरेको छ।
यतीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका ४ सदस्य सहित ७२ जनाको मृत्यु भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान सेती खोंचमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेकाहरुमध्ये ६९ जनाको शव निकालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।