काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेकी हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा भनेकी छिन्, 'यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।'
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको जहाजमा चालक दलका चार जना सदस्यसहित ७२ जना यात्रु सवार थिए। हाल दुर्घटनाको उद्धार कार्य जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।