काठमाडौं– फिल्म ‘प्रसाद २’को छायांकन ३१ दिनमा सकिएको छ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो।
एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममासुदर्शन बस्नेतको लगानी छ। फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन्।
फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। फिल्ममा विपीन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ।
फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ। उत्तम न्यौपानेको ध्वनि रहेको फिल्मको कथा सुशिल पौडेलले लेखेका हुन्।
फिल्म विसं २०८० सालको वैशाख १ गतेबाट रिलिज गर्ने तय भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।