पोखरा- आइतबार पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार मृतकमध्ये हालसम्म ५ जनाको सनाखत भएको हो।
सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया छन्।
जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।