काठमाडौं– फिल्म ‘भष्मे डन’मा अभिनेता सौगात मल्ल र स्वस्तिमा खड्काको पनि मुख्य अभिनय रहने भएको छ।
भष्मे डन चर्चित फिल्म ‘पशुपतिप्रसाद’को एक पात्र थिए। भष्मे डनबाट चर्चामा आएका अभिनेता विपीन कार्कीको लिड रोल हुने गरी दीपेन्द्र के खनालले ‘भष्मे डन’ नामबाट फिल्म बनाउन लागेका हुन्।
खगेन्द्र लामिछाने निर्माता रहेका उक्त फिल्ममा विपीन, स्वस्तिमा,सौगात र खगेन्द्रको मुख्य अभिनय रहनेछ।
फिल्म आगामी दसैंबाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।