काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले यति एअरलाइन्सको दुर्घटना मौसममा खराबीका कारण नभएको बताएका छन्।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै मौसममा भने खराबी नदेखिएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि विमान दुर्घटनाबारे छानविन समिति शीघ्र गठन गर्न आदेश दिएका छन्। ठाकुरले छिट्टै समिति गठन हुने बताए।
‘अहिलेसम्म जहाजमा खराबी आएको बारे कुनै जानकारी छैन,’ महाप्रबन्धक ठाकुरले भने।
यतिको एन ९–एएनसी एटीआर–७२ को पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५५ बजे दुर्घटना भएको थियो। उक्त विमान काठमाडौंबाट बिहान १०ः३३ मा पोखराका लागि उडेको थियो।
चालक दलका ४ सदस्यीसहित विमानमा ७२ जना थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।