• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : लोडसेडिङ

64x64
मनु ब्राजाकी शनिबार, पुस ३०, २०७९  १४:४१
1140x725

लोडसेडिङ हुनाले पसलहरूमा मैनबत्ती बलेका छन्। प्रकाश पसलभित्रै सीमित छ। बाहिर सडक अँध्यारो छ। उसै पनि यस साँघुरो सडकमा स्ट्रिटलाइटको व्यवस्था छैन। कतैकतै घुम्तीमा देखिने ल्याम्पपोस्ट अरु दिन पनि बल्दैनन्। कहिलेकाहीँ बलिहाले पनि यति मधुरो हुन्छ, दुई जना मित्रको भेट भयो भने पनि अपरिचितझैं तर्केर हिँड्छन्।

अतः यो सडक उज्यालो हुने गरेको छ, लोडसेडिङ नहुँदा, पसलका बिजुलीको प्रकाशद्वारा अथवा यदाकदा आउने-जाने वाहनहरूद्वारा। कति बज्यो ? ऊ घडी हेर्न खोज्छ। तर उसले बाँधेको घडीमा रेडियम डायल नहुनाले केही देखिँदैन। देखिन्छ, नाडीमा बाँधिएको कालो, गोलो, चक्का!

ऊ आफूसितै कुरा गर्दै हिँडिरहेछ।

ऊ- 'यो देश जलस्रोतमा धनी छ। 
आफू– 'विद्युत् उत्पादन र वितरणमा दरिद्र छ।’ 
ऊ- 'ढलबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ रे!’ 
आफू– 'यी दुवै तत्त्व मिसाइँदा पनि पेय जलमा दरिद्र छौं।’

आफू– 'मलबाट पनि सकिन्छ।’

ऊ- ढल र मलमा हामी धनी छौं।’

ऊ- "कति कुरा काटेको!’
आफू– 'कति गफ छाँटेको!’
ऊ- 'मैले भनेका कुरा सत्य हुन्।

आफू– ‘गहन असत्य अहिले तिम्रो मैनबत्तीजस्तो सत्यको ठीक तल बसेको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

एउटा घुम्ती आइपुग्छ। यहाँ पनि शोभाका लागि एउटा ल्याम्पपोस्ट छ, कहिल्यै नबल्ने। आज त झन् यहाँ बाक्लो अँध्यारो छ। यस अभेद्य अन्धकारभित्र पाँच-सात ओटा जूनकीरी टल्किंदै छन्। उसको मुटु ढक्क फुल्छ। जूनकीरी भए यताउति उड्नुपर्ने, तर ती एकै ठाउँमा टल्किरहेछन्। पक्कै त्यहाँ पाँच-सात जना चुरोट खाएर उभिइरहेका होलान्। जाँड पनि धोकेका होलान्। के ठेगान, छुरीसुरी पनि बोकेका होलान्।

यस्तै लोडसेडिङको बेला छ महिनाभित्र दुई ओटा सुनचाँदीका पसलमा डाँका मारियो। एक ठाउँमा गोली हानियो, अर्को ठाउँमा बम पड्काइयो। यो काठमाडौं खाल्डोबाट बाहिर निस्किने मात्र दुईओटा बाटा छन्। एउटा थानकोट, अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। ती डाँकाहरू कता बिलाए होलान्। ऊ यही सोचेर भयभीत हुन्छ। डरले आफूसित कुरा गर्ने आँट पनि गर्दैन।

तिनै जूनकीरीहरूतिर कर्के आँखाले हेर्दै कुदाँ जस्तो लाग्छ। तर खुट्टा लुला हुन्छन्, चाल अझै मत्थर। भीरछेउ हिँड्दा भीरतिर हेर्नु हुँदैन, किनभने खुट्टा झन् त्यतै लहसिन्छन्, ऊ भयले भाग्न सक्तैन। आसन्न भय अलि टाढा भए ऊ भागिसक्ने थियो।

राम-राम गर्दै मत्थर चालले हिँड्दै भए पनि त्यो अँध्यारो ल्याम्पपोस्ट पछि पत्यो। एक्कासि उसको पिठ्यूँमा जोडदार हाँसो आएर बजियो। अहिले भने ऊ हच्केको मृगझैं बुर्कुसी मारेर अलि टाढा त्यहाँसम्म पुग्यो, जहाँनेर एउटा सानो खिप्रीमिनीको पसल थियो। चौथाइ टुक्रो मैन बलिरहेछ र तरूनी छोरीको सट्टा अहिले त्यहाँ बूढो बाउ चुरोटको चौथाइ टुक्रो चुसेर बसिरहेछ।

Xtrem

Xtrem

के यस बूढाले लोडसेडिङमा केही भइहाल्यो भने आफ्नो पसल जोगाउन सक्ला? तरुनी छोरी भने जोगाएको छ, भला।

ऊ पसलसामु गएर उभिन्छ पसलभित्रको मधुरो प्रकाश आफूमा पर्नासाथ ऊ लज्जित हुन्छ। चुरोट किनेर खान मन लाग्छ। तर उसले यसो गर्दैन। पसले बूढोसामु ऊ लज्जित हुन चाहँदैन, अतः त्यहाँबाट हिँड्छ।

बाटोमा आफूलाई सोध्छ। 
ऊ- 'प्रकाशले मानिसलाई लज्जित पार्छ?’

आफू– ‘पार्छ, अनि पो लोडसेडिङ गरेको!’
 ऊ– ‘नचाहिने कुरा नगर। प्रकाश भनेको ज्ञान हो, ज्ञानले कहीं मानिसलाई लज्जित पार्छ र?’

आफू– 'ज्ञानीहरू नै लज्जित हुन्छन्। निर्लज्ज त अज्ञानी पो हुन्छन्। धन्यवाद देऊ लोडसेडिङ गर्नेहरूलाई, जसले तिमीलाई तथाकथित ज्ञानी बनाएर लज्जित पारेका छैनन्।’

उसलाई अब आफूसित पनि कुरा गर्न मन लागेन। गोजी छाम्यो, पैसा छ। अघि पसलमा मैनबत्ती किनेको भए हुन्थ्यो। तर होला, घरमै पनि होला। यस्तो जाबो कुराको जोहो त घरमै पनि गरिराखेका होलान्।

उसको घर अर्थात् डेरा आइपुग्न अब धेरै टाढा छैन। अर्को घुम्तीनेरको गल्लीमा छिरेपछि ट्वाक्कै आइपुग्छ। गल्ली परने त्यस घुम्तीमा पनि एउटा ल्याम्पपोस्ट छ। ल्याम्पपोस्टको दाहिनेतिर एउटा पसल छ भने देब्रेतिर गल्लीको घोर अन्धकार छ। आज यस लोडसेडिङको बेला पसल मैनबत्तीले धमिलिएको छ भने ल्याम्पपोस्टमुनिको सडक र गल्लीको दोभान, घनघोर अँध्यारोमा डुबेको छ।

मानिसहरूको आवतजावत थोरै हुनाले ऊ पुनः एक पटक डराउन थाल्छ। घरनेरको घुम्ती आइनपुग्दै उसले अलि टाढैबाट देख्छ, एउटा मोटर, सम्भवतः स्टेसनब्यागन, ल्याम्पपोस्ट तल उभिएको छ। पसल मोटरले छेकिएको हुँदा त्यहाँ अन्धकार झन् बाक्लो छ।

एक्कासि ऊ झसङ्ग भएर टक्क अडिन्छ।

आँखा च्यातीच्याती सडक र गल्लीको सङ्गमतिर हेर्न थाल्छ।

निगेटिभ चलचित्रझैँ एउटा दृश्य देखा पर्छ।

चार जनाबीच एउटी फ्रक लगाएकी केटी घेरिएकी छे। ऊ तिनीहरूदेखि फुत्किन यताउति गर्छे, तर ती चारै जना फिल्मी खलनायकहरूझैं कम्मरमा हात राखेर उभिएका छन्। त्यो केटी किन कराउँदिन? 
सम्भवतः डरले स्वर बसेर हो कि?

अथवा इज्जतको भयले हो कि?

आSS, होली, कुनै बाइफाले केटी होली। कुरा मिलेन होता, घिस्स्याएर लान थाले होलान्। अन्यथा गुहार माग्न चिच्याउनु पर्दैन? उसका गोडा डरले अघि सदैनन्, बरु केही पाइला पछि थाल्छन् उसलाई थाहा छ, यी खलनायकहरूले उसलाई देखे भने मुखको गाँस खोस्न आएको ठानी भक्कुमार गोदन बेर लगाउने छैनन्।

उसको आङ जुरूङ्ग गर्छ। देखा, कसैलाई नचिने पनि देखा, निगेटिभ चलचित्र देखा घेरा साँघुरिदै छ र सेतो फ्रक लगाएकी त्यो केटी दुवै हात उचालेर फुत्किने प्रयत्नमा यताउति गरिरहेकी छे। अस्पष्ट भए पनि दृश्य अत्यन्त कारूणिक छ। लाग्छ, एउटी सानी चरी चार ओटा ढाडेहरूद्वारा घेरिएकी छे।

अरुको क्रियाकलापमा हस्तक्षेप नगर्ने प्रजातान्त्रिक भलादमी ऊ भयभीत र अन्यमनस्क छ। अघि बढेर रक्षा गरी कि, सहायतार्थ चिच्याऊँ कि, के गरौ कसो गरौं?

निमेषभरिमै दृश्य परिवर्तित हुन्छ। एउटा अग्लो खलनायकले झम्टेर। देब्रे हातले त्यस केटीको मुख थुन्छ, अनि दाहिने हातले कम्मरमा समातेर जुरूक्क हावामा उचाल्छ। त्यो केटी जोडजोडले चार हातखुट्टा फाल्न थाल्छे विद्युत्गतिले ती सबै मोटरमा पस्छन्। अनि मोटर गर्जिदै उसको छेवैबाट हुइँकिन्छ।

ऊ झल्याँस्स हुन्छ। यसै बेला बिजुलीको लाइन आइपुग्छ। चारैतिरका घरहरू र पसल झलमल्ल हुन्छन् ल्याम्पपोस्ट भने अझै छैन। कहिल्यै बल्दा पनि बल्दैनथ्यो। तापनि वरिपरिको उज्यालोमा उसले देख्छ, अब त्यहाँ कोही छैन एक प्याकेट मैनबत्तीसिवाय। उसले भुइँमा खसेको त्यो मैनबत्तीको प्याकेट टिप्छ। सम्भवतः त्यै केटीको होला। ऊ खुसी हुँदै घरतिर लम्किन्छ। अर्को लोडसेडिङमा काम लाग्नेछ।

घरमा अर्थात् डेरामा पुग्नासाथ बिजुलीको प्रकाशमा स्वास्नीचाहिँले उसलाई र उसका हातमा मैनबत्तीको प्याकेट देखेर भनी - "हेर्नुस् न, आडैको पसलमा मैनबती किन्न गएकी छोरी अझै आइन, तपाईंले भेट्नु भएन ? 
"सेतो...?’
‘अँ, सेतो फ्रक...?’

ऊ अवाक् भएर बहुलाई आफ्नी स्वास्नीतिर क्वारक्वारती हेरिराख्छ, हेरिराख्छ।

(यो कथा नेपालका प्रसिद्ध कथाकार स्व‌‍. मनु ब्राजाकीको कथासंग्रह ‘जनजीवनका जीवनगाथा’बाट साभार गरिएको हो।)

000

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १४:४१
  • #मनु ब्राजाकी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनु ब्राजाकी
लेखकबाट थप
कथा : लोडसेडिङ
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्