• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सम्मुखमा सभामुखको निर्वाचन:  एमालेलाई अर्को इतिहास बनाउने अवसर 

64x64
डिबी खड्का शुक्रबार, पुस २९, २०७९  १०:१९
1140x725

काठमाडौं– छविलाल विश्वकर्माले गएको एक वर्षमा दुईटा इतिहास बनाए। एउटा नेकपा एमालेमा पदाधिकारी बन्ने पहिलो दलित। दोस्रो २०७९ को आम निर्वाचनमा प्रत्यक्षमा जित्ने एकमात्र दलित उम्मेदवार।

रुपन्देही क्षेत्र नम्बर १ मा एकपल्ट हारेका र अर्कोपल्ट जितेका विश्वकर्मालाई यसपल्ट सहज थिएन। एउटा त उनीभन्दा बढी ‘चर्चा’मा रहने उनकै पूर्वसहकर्मी घनश्याम भूसाल उम्मेदवार थिए। जसले एमालेकै केही कार्यकर्ता समेत लिएर गएका थिए। अर्को नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेबाटै छुट्टिएको एकीकृत समाजवादी जस्ता पार्टीहरूको समर्थन भूसाललाई थियो। 

चुनावअघिको माहोलअनुसार रक्षात्मक बनिरहेको एमालेले उक्त क्षेत्रलाई जित्ने सिटको सूचीमा पनि राखेको थिएन। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भने त्यो क्षेत्र ‘इख’को विषय बनेको थियो। एमालेमा रहँदा वा नरहँदा वैचारिक रुपमा सबैभन्दा धेरै प्रहार गरिरहेका भूसाललाई अध्यक्ष ओलीले टिकटबाट बञ्‍चित गरेका थिए। प्रतिनिधि सभामा आउनबाट रोक्नुपर्ने थियो।

भूसालले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव लड्ने घोषणा गरे, तत्कालीन सत्ता गठबन्धनले सघायो। यसले गर्दा एमालेले जित्ने सम्भावना कम भएको, तर जित्नैपर्ने सिटका रुपमा यो क्षेत्रलाई राख्यो। किनभने पार्टी छाडेर चुनाव लडिरहेका भूसालको पराजय एमाले अध्यक्ष ओलीका लागि सानोतिनो ‘राजनीतिक जित’ हुन्थ्यो। यस दृष्टिले चुनाव विश्वकर्माले जिते र ओलीलाई राजनीतिक जित दिलाए। नत्र ओलीले जित्न सक्ने उम्मेदवार पाखा लगाएको आरोप सधैंभरि खेप्नुपर्थ्यो।

२०७४ को निर्वाचन त्यही क्षेत्रबाट जितेका विश्वकर्मा उक्त क्षेत्रबाट टिकटका हकदार पनि थिए। त्यसैले स्वभाविक प्रक्रिया अन्तर्गत नै टिकट पाए। भूगोलका जनतासँग नियमित जोडिने केही एमाले नेताभित्र पर्ने उनलाई मतदाताले फेरि स्वागत त गरे तर यसपल्ट गुनासो पनि उत्तिकै थियो। चुनावको समयमा नेपाल लाइभ टिम उक्त क्षेत्रमा पुग्दा उनीप्रति आमजनको गुनासो थियो- जिताएर त पोहोर पनि पठाइयो तर मन्त्री बनेनन्।

मन्त्री वा यस्तै प्रभावशाली पद नपाउँदा निर्वाचन क्षेत्रमा स्रोत कम पुग्ने गरेको आमजनको बुझाइ छ। त्यो रुपन्देही- १ मा पनि थियो। पहिले नेकपा र त्यसपछि एमालेको सरकारका पालामा उक्त पार्टीको स्थायी कमिटीमा भएका लगभग सबैले मन्त्री (प्रदेश वा केन्द्र)मा अवसर पाए। तर, उनले एकपल्ट पनि अवसर पाएनन्। यसपल्ट त्यहाँका केही मतदातामा एउटा विश्वास भने देखिन्थ्यो,  ‘सचिव बन्नुभएको छ। यसपल्‍ट अवसर पाउनुहुन्छ कि?’ त्यही भावनाले उनलाई फेरि जित्न सघायो। 

स्वभावले नै अल्पभाषी छविलालले चुनावमा उही आफ्नो भद्र शैलीबाट मत अपिल गरे। प्रतिष्पर्धीका बारेमा टिप्पणी गरेनन्। अर्का प्रतिष्पर्धी भूसालले पनि व्यक्तिगत तहमा कुनै टिप्पणी गरेनन्, मात्र राजनीतिक लाइनका विषयमा बोलिरहे। एक-अर्कासँग आमने सामने बसेर गर्ने बहसलाई विश्वकर्माले 'इग्नोर' गरे। उसो त आफ्नो कर्ममा भिड्ने तर व्यक्तिगत रुपमा नभिड्ने उनको पुरानै स्वभाव हो। 

राजनीतिक आन्दोलनका साथै जातप्रथाले सिर्जना गरेको विभेदविरुद्ध उनी भिडेरै यो तहमा आइपुगेका हुन्। तत्कालीन नेकपा मालेबाट राजनीतिक यात्रा शुरू गरेका उनले २०३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु उपसभापति चुनिएर औपचारिक रुपमा प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गरेका हुन्।

nimb
nimb

जातीय उत्थान मञ्चका संस्थापक उनी पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ सालमा महाधिवेशनबाट महासचिव भए भने २०५५ सालमा मुक्ति समाज नेपालको अध्यक्ष बने। पार्टीमा भने उनी जनकपुरमा भएको सातौं महाधिवेशनबाट प्रवेश गरेका हुन्। वैकल्पिक केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका उनले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाए। 

त्यसपछि केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी कमिटी हुँदै उनी सचिवसम्म पुगेका हुन्। २०६४ मा उनी एकपल्ट मात्रै समानुपातिक निर्वाचन प्रणालीमार्फत् सांसद भए। त्यसपछि २०७० उनी रुपन्देही १ बाटै चुनाव लडे। कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतान्तरले पराजित भए। त्यसपछि भने लगातार जितिरहेका छन्। एमालेमा उनी ओली प्रभावशाली भएका बेला होइन, कमजोर रहेको समयमा समेत ओली कित्तामै थिए। आठौं महाधिवेशनदेखि हालसम्म उनले ओलीलाई छाडेका छैनन्। 

अहिले मन्त्रीमण्डल विस्तार र प्रतिनिधि सभाको निर्वाचन सम्मुखमा छ। त्यसका लागि उपयुक्त पात्र छनोट हुँदैछन्। गएको पाँच वर्षमा कुनै अवसर नपाएका विश्वकर्मा यसपल्ट कहीँ न कहीँ समेटिने सम्भावना देखिन्छ। उनी आफैं भने निश्चित पद भनेर लागिपरेका छैनन्। नेतृत्वले उपयुक्त ठानेको जिम्मेवारी निर्वाह गर्न तयार रहेको संकेत अध्यक्ष ओलीलाई गरिसकेका छन्।

एमालेका दोस्रो तहका केही नेताहरूले उनलाई सभामुखका रुपमा अघि सारेका छन्। उनलाई सभामुख बनाउनु सबै हिसाबले उपयुक्त हुने व्याख्या समेत एमाले नेताहरूले गरिरहेका छन्। एमालेले रामप्रित पासवानलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने ‘असफल प्रयास’ गर्‍यो। तर त्यसपछि मौका आउँदा महिलालाई राष्ट्रपति बनाएर इतिहास बनायो। यसपल्ट दलित समुदायबाट सभामुख बनाएर अर्को इतिहास बनाउने अवसर एमालेलाई छ।

यो इतिहास बनाउन एमालेले धेरै मेहनत गर्नुपर्ने पनि छैन। पार्टीको पदीय मर्यादाक्रम मिच्नुपर्ने अवस्था छैन, पदाधिकारी भित्रै विकल्प उपलब्ध छ। जुन विकल्पले एमालेलाई समावेशीकरणको सवालमा अर्को तहमा पुर्‍याउने देखिन्छ।

समावेशिताको विषयलाई लिएर सत्ता साझेदार दल अहिले आलोचना खेपिरहेका छन्। वर्तमान सत्ता साझेदार दलले सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेका छन्। ६ वटा प्रदेशको मुख्यमन्त्रीमा खस-आर्य समुदायकै नेताहरू नियुक्त भएका छन्। मधेश प्रदेशमा उक्त प्रदेशका प्रभावशाली समुदायकै व्यक्ति मुख्यमन्त्री भएका छन्। न महिलाले त्यहाँ पाए,  न जनजाति समेटिए। न दलित समुदायको नेता अटाएका छन्। वर्तमान सरकारमा जति मन्त्री भएका छन्, त्यसमा एकजना महिला छन् तर दलित समुदायबाट प्रतिनिधित्व छैन। 

सत्ता साझेदार दलसँग बाँकी विकल्प सभामुख र राष्ट्रपति मात्रै हुन्। राष्ट्रपतिको निर्वाचन मिति तय भइसकेको छैन। सभामुखको माघ ५ गते हुने निर्वाचनबाट भइरहेको आलोचनाबाट उम्किने मात्रै होइन,  इतिहास बनाउने अवसर छ। ओलीनिकट एक नेताका अनुसार अध्यक्ष ओली यस विषयमा सकारात्मक छन् तर पार्टीभित्रकै 'प्रेसर ग्रुप'ले निर्णयमा पुगिहाल्न भने रोकिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्