• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रधानमन्त्रीले संसद्‌मा बोलेकै दिन शल्यक्रियाका लागि बिरामीले पाए १० महिनापछि पालो

रिता लम्साल बिहीबार, पुस २८, २०७९  १०:५९
1140x725

काठमाडौं– ‘सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो? प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालम नाम दर्ता गर्न समेत किन घण्टौसम्म कुर्नु पर्दछ?,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसदमा प्रश्न गरे, ‘सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीन/चार महिना किन कुर्नुपर्ने गरेको हो?’ 

संसद्‌मा प्रधानमन्त्री दाहालको सम्बोधन चल्दै गर्दा मंगलबार नै वीर अस्पतालमा भने बिरामीले शल्यक्रियाका लागि २०८० कात्तिक ९ गतेको पालो पाएका छन्। वीर अस्पतालको युरोलोजी विभागमा उपचारका लागि पुगेकी ४५ वर्षीया एक महिलाले मिर्गौलाको पत्थरीको उपचारका लागि आगामी कात्तिक ९ गते पालो पाएकी हुन्।

युरोलोजी विभागका चिकित्सकले ती महिलालाई कात्तिक ५ गते अस्पतालमा सम्पर्क गरी ७ गते भर्ना भएर ९ गते शल्यक्रिया हुने जानकारी दिएर पठाएका छन्। ती महिलाले मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि १० महिना कुर्नुपर्ने अस्पतालको रेकर्डमै देखिन्छ।

युरोलोजी विभागका प्रमुख प्राडा रविनबहादुर बस्नेतका अनुसार ती महिलाको मिर्गौलाको तल्लो भागमा पत्थरी छ। जसलाई आकस्मिक उपचारको अवस्था मानिँदैन।

पहिला नै पालो कुरेका बिरामी अरु पनि भएकाले ती महिलाका लागि २०८० को कात्तिक ९ गतेको पालो दिइएको हो। त्योभन्दा अघि शल्यक्रियाको पालो नै छैन। अब नयाँ आउने बिरामीले त्यसपछिको पालो पाउँछन्।

ती महिला मात्र होइन, अन्य बिरामीले पनि शल्यक्रियाका लागि महिनौं पालो पर्खिनुपर्ने अवस्था छ। वीर अस्पतालको युरोलोजी विभागजस्तै अन्य विभागहरुमा पनि यस्तै पालो कुर्नुपर्ने अवस्था छ। 

शल्यक्रियाका लागि ९–१० महिना पालोमा रहेका बिरामीको विवरण र फोन नम्बर राखेर अस्पतालले पालो आएपछि सम्पर्क गर्दै आएको छ। यो समस्या वीर अस्पतालमा मात्र होइन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति बाल अस्पताल, पाटन अस्पताल, गंगालाल लगायतका सबै ठूला अस्पतालमा छ। केन्द्रीय अस्पतालहरुमा बिरामीले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुरिरहेको अस्पतालको रेकर्डले देखाउँछ।

बिरामीले ओपिडीदेखि शल्यक्रियासम्म एकदिन देखि एकवर्षमा पालो कुर्नुपर्ने अवस्था त्रिवि शिक्षण अस्पतालमा पनि रहेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बिरामीले एक दिनदेखि एकवर्षसम्म पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘न्युरो सर्जरी, युरो सर्जरी,  इएनटीमा बिरामीले धेरै समय पालो कुर्नुपर्ने अवस्था देखिएको छ।’ उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा धेरै समय नाक, कान तथा घाँटी विभागमा शल्यक्रियाका लागि कुर्नुपर्ने हुन्छ।

‘अहिले आइरहेका बिरामीलाई सर्जरीका लागि अर्को वर्षको क्यालेन्डर नै पल्टाएर मिति तय गर्नुपर्ने अवस्था छ’ उनले भने। त्रिवि शिक्षण अस्पतालको उपकरण तथा पूर्वाधार, जनशक्ति र आर्थिक सहयोगका लागि सरकारले वेवास्ता गर्ने गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिए।

अस्पतालले आफ्नै आम्दानीको भरमा  सेवा सञ्चालन गर्नुपर्ने हुँदा सिमित स्रोत साधन र जनशक्तिले बिरामीको चाप समयमै व्यवस्थापन गर्न असम्भव रहेको उनले बताए।

शल्यक्रिया बाहेकको सेवामा पनि लामो लाइन 
सरकारले जुनसुकै सरकारी सेवाका लागि पुग्ने सेवाग्राहीले लाइनमा बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिइसकेको छ। तर सरकारी अस्पतालहरुमा बिहान ८ बजेदेखि नै उपचारका लागि टोकन लिनदेखि टिकट लिन र विशेषज्ञ चिकित्सकको उपचार र परामर्श लिन तथा ल्याब टेष्टहरु गराउन र अस्पतालको र्फामेसीमा औषधि लिन पनि लामो समय पालो नै कुनुपर्ने अवस्था छ।

Xtrem

Xtrem

‘अहिलेकै जनशक्ति र पूर्वाधारमा पालो कुर्ने अवस्था हटाउन सकिँदैन’ वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेत अहिलेकै जनशक्ति र पूर्वाधारका आधारमा उपचारका लागि बिरामीले पालो कुर्नुपर्ने अवस्था हटाउन सम्भव नै नभएको बताउँछन्।

‘उभिनुपर्ने अवस्था हटाउन सकिन्छ तर लाइन नै त हटाउन सकिँदैन,’ उनी भन्छन्, ‘अस्पतालको क्षमता भन्दा धेरै बिरामी आउनुहुन्छ। धेरै बिरामी हुँदा लाइन बस्नुपर्ने बाध्यता त हुन्छ।’

सर्जरीमा महिनौं कुर्नुपर्ने बाध्यता हटाउन सम्भव छ?
‘मैले सचिवज्युहरुलाई भनिसकेको छु। सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तिव्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु। तर नतिजामुखी कार्यसम्पादनको जिम्मा तपाईंहरुले लिनुपर्दछ,’ प्रधानमन्त्री दाहालले मंगलबार नै दिएको अर्को अभिव्यक्ति हो यो। 

तर सरकारी अस्पतालहरुमा देखिएको अवस्थाले भने सरकारले समस्या समाधानको जिम्मा लिएजस्तो देखिँदैन। अस्पतालका चिकित्सकहरुका अनुसार जनशक्ति, उपकरण लगायतका पूर्वाधारहरुको पर्याप्त व्यवस्था नभएका कारण नै महिनौं कुर्नुपर्ने अवस्था आएको हो।

वीर अस्पतालका युरोलोजी विभागका प्रमुख  एव प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा रविन बहादुर बस्नेत वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि महिनौं पालो कुनुपर्ने अवस्थाको थुप्रै कारणहरु भएको बताउँछन्। 

उनले देखेको मुख्य कारण हो– वीर अस्पताल जस्तै कम शुल्कमा विशिष्टकृत सेवा दिने अस्पताल प्रदेशहरुमा सञ्चालन नहुनु। डा बस्नेत भन्छन्, ‘वीर अस्पतालमा जस्तै विशिष्टकृत सेवा यहीको जस्तो शुल्कमा सबै प्रदेशमा दिने हो भने वीर अस्पतालमा मात्र बिरामीको चाप हुँदैन। अनि बल्ल बिरामीले पालो कुनुपर्ने अवस्था हुँदैन।’

सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीहरु उपचारका लागि वीर अस्पतालमै आइपुग्ने हुँदा युरोलोजी विभागले बिरामीहरुको स्वास्थ्य अवस्थालाई तीन प्रकारमा विभाजन गरेर सोही अनुसार पालो तोकिदिने गरेको डा बस्नेतले सुनाए।

उनका अनुसार युरो सर्जरी विभागमा आउने बिरामीलाई आकस्मिक, सेमि आकस्मिक र सामान्य गरी तीन प्रकारमा विभाजन गरेर सोही अनुसार बिरामीको अस्वस्थताको अवस्था अनुसार शल्यक्रियाका लागि पालो दिइने गरिन्छ।

सरकारले सबै प्रदेशमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण सहित सेवा विस्तार गरेर जनतालाई घर नजिकको अस्पतालमा गुणस्तरीय सेवाको विश्वास जगाउन पनि आवश्यक रहेको उनको भनाइ छ।

‘काठमाडौं बाहिर पनि जनरल सर्जनले युरोलोजी सर्भिस दिइरहेको हुन्छ। अर्को अहिले धेरैजस्तो ठूला सहरहरुमा युरोलोजी सर्भिस पुगेको छ,’ उनले भने, ‘प्रादेशिक अस्पतालहरुमा वीर अस्पताललाई जस्तै सेवासुविधा र उपकरण दिएर जनतामा विश्वास जगाउनुपर्छ।’ 

डा बस्नेतले उपचार प्रादेशिक अस्पताल तथा मेडिकल कलेजहरुमा पर्याप्त जनशक्ति, प्रविधि तथा उपकरण र सस्तो सेवा उपलब्ध भएमा वीर अस्पतालमा बिरामीको चाप ७५ प्रतिशत कम हुने बताए। 

‘हामीलाई लोड बढी भयो र विशिष्टकृत अस्पतालको रुपमा जुन सेवा दिनुपर्ने हो हाम्रो त्यसमा चाँही समस्या भयो। जसलाई विशिष्टकृत सेवा चाहिएको छ त्यो बिरामीले पनि कुर्नुपर्ने अवस्था भयो,’ उनले भने, प्रादेशिक अस्पतालहरु स्तरउन्नति गर्‍यो भने धेरै समस्या समाधान हुन्छ।’ अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए। 

‘सरकारले भनेको जस्तो अस्पतालमा सेवा लिनेको लाइन हटाउन असम्भव छैन। तर सम्भव हुन निर्देशन दिएर भोलिदेखि हटाउ भनेर मात्र हुँदैन’ उनले भने, ‘सरकारले पहिला काठमाडौं बाहिरका सरकारी अस्पतालको स्तरोन्नती गर्नुपर्‍यो। जनतामा घर नजिकको अस्पतालमा विश्वास जगाउने काम सरकारले गर्नुपर्‍यो।’

वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेत पनि हाल अस्पतालमा भएको जनशक्ति, भौतिक पूर्वाधारबाट शल्यक्रिया सेवामा बिरामीले महिनौं कुनुपर्ने बाध्यताको अन्त्य हुन नसक्ने बताउँछन्।

उनी भन्छन्, ‘सर्जिकल भवन पूर्ण रुपमा चलेपछि ४ महिना कुर्नुपर्ने अवस्था कम भएर २ महिना हुन सक्छ, तर आजको भोलि नै त, अहिलेको जनशक्ति र भौतिक पूर्वाधारले सम्भव छैन। सरकारले भौतिक पूर्वाधार, जनशक्ति उपकरण सबैको व्यवस्था गर्नुपर्छ।’

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्