काठमाडौं– निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। दया र निर्माणपक्षबीच मंगलबार सम्झौता भएको हो।
केवल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ।
फिल्मलाई सौरभ लामाले खिच्ने भएका छन्। फिल्ममा बाँकी कलाकार छिट्टै फाइनल हुने निर्देशक श्रेष्ठले बताए।
निर्देशक श्रेष्ठका अनुसार फिल्म लभस्टोरी र कमेडी कथामा आधारित हुनेछ। फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ। २० माघबाट फिल्मको छायांकन हुने निर्माणपक्षले जनाएको छ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।