काठमाडौं– एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को गीत ‘नाटू–नाटू’ले गोल्डेन ग्लोब अवार्डस्मा बेस्ट ओरिजिनल सङ्स मोशन पिक्चरको उपाधि जितेको छ।
फिल्ममा जुनिएर एनटीआर र राजमचरण मुख्य भूमिकामा थिए। यो गीत पनि यी दुई पात्रमाथि फिल्माइएको थियो। अमेरिकाको क्यालिफोर्नियामा ८० औं गोल्डेन अवार्डस् समारोह आयोजना भइरहेको छ।
यसपटक यो पुरस्कार कार्यक्रम भारतका लागि महत्वपूर्ण मानिएको छ। यसको कारण हो कारण ‘आरआरआर’ दुई विधामा नोमिनेट हुनु। यद्यपि एउटा विधामा मात्रै पुरस्कार जित्न सफल भयो।
यो तेलुगु गीतलाई एमएम कीरवणीले कम्पोज गरेका हुन्। चन्द्रबोसले यसको शब्द रचना गरेका थिए। राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन्।
आरआरआरलाई सर्वश्रेष्ठ गैर–अंग्रेजी फिल्मको विधामा पनि नोमिनेट गरिएको थियो। तर यो पुरस्कार अर्जेन्टिनाको फिल्मलाई दिइएको छ।
गोल्डेन ग्लोब जितिसकेको यो गीत प्रतिष्ठित एकेडेमी अवार्डका लागि ‘ओरिजिनल सङ्स’ को विधामा पनि प्रतिस्पर्धामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।