• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री प्रचण्डका लागि कांग्रेसको विश्वासको मत कति फाइदाजनक? 

64x64
नवीन झा बुधबार, पुस २७, २०७९  ०७:५२
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि त्यसले नेपालको राजनीतिमा तरंग ल्याएको छ। कांग्रेससँगको सहमति भंग गर्दै १० पुषमा नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले अन्तत: विश्वासको मत दिएको छ। 

यसलाई सत्तारुढ प्रमुख घटक एमालेले ‘जालझेल’को दृष्टिकोणले हेरेको छ। संसद्लाई प्रतिपक्षीविहीन बनाएको भन्दै आम जनमानसले भने कांग्रेसको आलोचना गरिहेका छन्। 

स्वयम् प्रधानमन्त्री प्रचण्डले भने आफ्नो सफलता ठानेका छन्। उनले आफूमाथि पहिलो पटक ‘न्याय’ भएको दाबी गरेका छन्। 

आखिर कांग्रेसले दिएको विश्वासको मत प्रधानमन्त्री प्रचण्डका लागि कति सहज वा कति असहज छ त? यसको ठोस आकलन अहिले नै गर्न नसकिए पनि विभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन्।

नेपाली कांग्रेसको विश्वासको मत दिएसँगै धेरैले कतै राष्ट्रपति र सभामुख निर्वाचनमा एमाले कमजोर बन्ने त होइन भन्ने आशंका गरेका छन् भने कतिपयले ०५१ को इतिहास त दोहोरिने होइन भन्दै चिन्ता व्यक्त गरेका छन्। 

सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवाको निवासमै पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए। प्रचण्ड सोमबार साँझ अबेरसम्म कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खडका र नेता कृष्णप्रसाद सिटौलासँग छलफलमा थिए। 

विश्वासको मत

त्यसपछि कांग्रेसले मंगलबार विहानै पार्टीका पदाधिकारीहरुसँग छलफल गर्दै कार्यसम्पादन बैठक मार्फत् निर्णय गरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्रीले संसद्को दुई तिहाईसहितको विश्वासको मत पाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले माओवादी गठबन्धनको बहुमत हुँदा–हुँदै प्रधानमन्त्री प्रचण्ड आखिर किन कांग्रेसको मत लिन कस्सिए? यसलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ। वरिष्ठ पत्रकार तारानाथ दाहाल प्रचण्ड आफ्नो दुई वर्षको कार्यकाल ढुक्क ढंगले चलोस् भन्ने रणनीतिमा कांग्रेसको मत लिन पुगेको दाबी गर्छन्। 

‘प्रधानमन्त्रीमा कतै न कतै एमाले र तीनका अध्यक्ष केपी ओलीप्रति ढुक्क हुन सकेका छैनन् जस्तो देखिन्छ,’ दाहाल भन्छन्, ‘उनले त्यही भएर कांग्रेसको मत लिएको देखिन्छ।’ 

सोमबार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवासँग भेट्नुअघि माओवादी नेता जनार्दन शर्माले पनि देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँग भेटेर कुरा गरेका थिए। 

तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि यसको असर आगामी  राजनितीमा पर्ने दाहालको टिप्पणी छ। ‘चाँडै राष्ट्रपति र सभामुखको निर्वाचन होला,’ दाहाल भन्छन्, ‘त्यतिबेला यसको असर देखिन सक्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कतिपयले कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एउटा पदको बार्गेनिङ्ग गरेर विश्वासको मत दिएको चर्चा गरेका छन्।राजनीतिक विश्लेषक जुगल भुर्तेल कांग्रेसले विश्वासको मत दिनुमा दुुईटा कारण रहेको देख्छन्। उनी भन्छन्, ‘यसमा कतै न कतै लेनदेन भएको दखिन्छ। अर्को कुरा यसमा कांग्रेसले राजनीतिक चलखेलको स्पेश बनाएको छ।’

भुर्तेल कांग्रेसले राष्ट्रपति वा सभामुख पदका लागि संसदीय प्रणालीको उपहास गरेको टिप्पणी गर्छन्। ‘संसदीय सर्वोच्चताको लागि कांग्रेसले एउटा वा दुईटा पदमा भुल्नु दुर्भाग्यको कुरा हो,’ भुर्तेल भन्छन्, ‘प्रतिपक्षविहीन संसद्ले अन्ततः कसैलाई पनि राम्रो गर्दैन।’ 

भुर्तेल प्रधानमन्त्री प्रचण्डका लागि पनि कांग्रेसको मत धेरै फाइदाजनक नहुने ठान्छन्। उनका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेलाई ‘साइजमा’ मा राख्न वा उसले धोका दिएको खण्डमा कांग्रेसको भर पर्नेगरी यो काम गरेको देखिन्छ। ‘तर त्यस्तो नहुन पनि सकिन्छ,’ भुर्तेल भन्छन्, ‘यो विशुद्ध केही कांग्रेसका षडयन्त्रकारीहरुले रचेको कुरा हो, यो भोलिको दिनमा प्रचण्डलाई पनि भारी पर्न सक्छ।’

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०७:५२
  • #प्रचण्ड–देउवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्