• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री प्रचण्डका लागि कांग्रेसको विश्वासको मत कति फाइदाजनक? 

64x64
नवीन झा बुधबार, पुस २७, २०७९  ०७:५२
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि त्यसले नेपालको राजनीतिमा तरंग ल्याएको छ। कांग्रेससँगको सहमति भंग गर्दै १० पुषमा नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले अन्तत: विश्वासको मत दिएको छ। 

यसलाई सत्तारुढ प्रमुख घटक एमालेले ‘जालझेल’को दृष्टिकोणले हेरेको छ। संसद्लाई प्रतिपक्षीविहीन बनाएको भन्दै आम जनमानसले भने कांग्रेसको आलोचना गरिहेका छन्। 

स्वयम् प्रधानमन्त्री प्रचण्डले भने आफ्नो सफलता ठानेका छन्। उनले आफूमाथि पहिलो पटक ‘न्याय’ भएको दाबी गरेका छन्। 

आखिर कांग्रेसले दिएको विश्वासको मत प्रधानमन्त्री प्रचण्डका लागि कति सहज वा कति असहज छ त? यसको ठोस आकलन अहिले नै गर्न नसकिए पनि विभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन्।

नेपाली कांग्रेसको विश्वासको मत दिएसँगै धेरैले कतै राष्ट्रपति र सभामुख निर्वाचनमा एमाले कमजोर बन्ने त होइन भन्ने आशंका गरेका छन् भने कतिपयले ०५१ को इतिहास त दोहोरिने होइन भन्दै चिन्ता व्यक्त गरेका छन्। 

सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवाको निवासमै पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए। प्रचण्ड सोमबार साँझ अबेरसम्म कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खडका र नेता कृष्णप्रसाद सिटौलासँग छलफलमा थिए। 

विश्वासको मत

त्यसपछि कांग्रेसले मंगलबार विहानै पार्टीका पदाधिकारीहरुसँग छलफल गर्दै कार्यसम्पादन बैठक मार्फत् निर्णय गरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्रीले संसद्को दुई तिहाईसहितको विश्वासको मत पाएका छन्। 

Ncell 2
Ncell 2

एमाले माओवादी गठबन्धनको बहुमत हुँदा–हुँदै प्रधानमन्त्री प्रचण्ड आखिर किन कांग्रेसको मत लिन कस्सिए? यसलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ। वरिष्ठ पत्रकार तारानाथ दाहाल प्रचण्ड आफ्नो दुई वर्षको कार्यकाल ढुक्क ढंगले चलोस् भन्ने रणनीतिमा कांग्रेसको मत लिन पुगेको दाबी गर्छन्। 

‘प्रधानमन्त्रीमा कतै न कतै एमाले र तीनका अध्यक्ष केपी ओलीप्रति ढुक्क हुन सकेका छैनन् जस्तो देखिन्छ,’ दाहाल भन्छन्, ‘उनले त्यही भएर कांग्रेसको मत लिएको देखिन्छ।’ 

सोमबार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवासँग भेट्नुअघि माओवादी नेता जनार्दन शर्माले पनि देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँग भेटेर कुरा गरेका थिए। 

तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि यसको असर आगामी  राजनितीमा पर्ने दाहालको टिप्पणी छ। ‘चाँडै राष्ट्रपति र सभामुखको निर्वाचन होला,’ दाहाल भन्छन्, ‘त्यतिबेला यसको असर देखिन सक्छ।’ 

कतिपयले कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एउटा पदको बार्गेनिङ्ग गरेर विश्वासको मत दिएको चर्चा गरेका छन्।राजनीतिक विश्लेषक जुगल भुर्तेल कांग्रेसले विश्वासको मत दिनुमा दुुईटा कारण रहेको देख्छन्। उनी भन्छन्, ‘यसमा कतै न कतै लेनदेन भएको दखिन्छ। अर्को कुरा यसमा कांग्रेसले राजनीतिक चलखेलको स्पेश बनाएको छ।’

भुर्तेल कांग्रेसले राष्ट्रपति वा सभामुख पदका लागि संसदीय प्रणालीको उपहास गरेको टिप्पणी गर्छन्। ‘संसदीय सर्वोच्चताको लागि कांग्रेसले एउटा वा दुईटा पदमा भुल्नु दुर्भाग्यको कुरा हो,’ भुर्तेल भन्छन्, ‘प्रतिपक्षविहीन संसद्ले अन्ततः कसैलाई पनि राम्रो गर्दैन।’ 

भुर्तेल प्रधानमन्त्री प्रचण्डका लागि पनि कांग्रेसको मत धेरै फाइदाजनक नहुने ठान्छन्। उनका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेलाई ‘साइजमा’ मा राख्न वा उसले धोका दिएको खण्डमा कांग्रेसको भर पर्नेगरी यो काम गरेको देखिन्छ। ‘तर त्यस्तो नहुन पनि सकिन्छ,’ भुर्तेल भन्छन्, ‘यो विशुद्ध केही कांग्रेसका षडयन्त्रकारीहरुले रचेको कुरा हो, यो भोलिको दिनमा प्रचण्डलाई पनि भारी पर्न सक्छ।’

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०७:५२
  • #प्रचण्ड–देउवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्