• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिको संयोग : सबैभन्दा विश्वासिला प्रचण्ड,  सर्वसम्मत नेता दीपक मनाङ्गे!

64x64
डिबी खड्का मंगलबार, पुस २६, २०७९  २०:४२
1140x725

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। मतसंख्या केलाउन हो भने प्रचण्ड इतिहासकै 'विश्वासिला' बनेका छन्। कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महत्तो कोइरी समेत आफूलाई 'जोखिम'मा राखेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आइपुगेका हुन्!

उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो भने प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो। मंगलबार भएको मतदानमा उनका पक्षमा २६८ मत खस्यो। विपक्षमा जम्मा दुई मत पर्‍यो। सर्वसम्मत प्रधानमन्त्री भएको अवस्थामा बाहेक प्रधानमन्त्रीका रुपमा प्रचण्डले पाएको विश्वासको मत सर्वाधिक हो।

गणतन्त्रपछिका प्रधानमन्त्रीहरुले पाएको (निर्वाचित हुँदा/विश्वासको मत लिँदा) मत मात्रै हेर्दा पनि, प्रचण्डले आफ्नै मतको ‘रेकर्ड ब्रेक’ गरेका छन्। २०६५ साउन ३१ गते पहिलोपटक प्रधानमन्त्री नियुक्त हुँदा संसद्/संविधान सभाबाट उनले ४६४ मत पाएका थिए। ६०१ सदस्यीय तत्कालीन सभामा उनले ७७.२ प्रतिशत मत (संविधानसभाको आकार अनुसार) पाएका थिए।

दोस्रोपटक २०७३ साउन १९ गते उनले प्रधानमन्त्री निर्वाचित हुँदा उनले ६०.३९ प्रतिशत मत (संसद्को आकारका आधारमा) पाएका थिए।

Oli_prachanda_bardali1673002557.jpg

भाषा विश्वासको, मत संशयको

संसदीय भाषाअनुसार मंगलबार प्रचण्डले प्राप्त गरेको मत विश्वासको हो। तर,  उनले प्राप्त गरेका हरेक पार्टीका मत भने संशयपूर्ण छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुने बाटो बनाउने संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले विश्वासको मत दिएको छ। राष्ट्रपति र सभामुख पाउनेगरी प्रचण्डलाई प्रधानमन्त्री बनाएको उक्त दल आफैं संशयमा छ- कतै कांग्रेसले खेल बिगार्ने त होइन?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतबारे आशंका व्यक्त गरिसकेका छन्। मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसतर्फ कटाक्ष गर्दै संशय समेत व्यक्त गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको छ। यदि यो समर्थनभित्र सदासहयता बाहेक, अरु कुरा छैन भने। यदि यो समर्थन कुनै जालझेल होइन भने। यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत छ। ढोक्सा हो भने म भन्न चाहान्छु, जाल हो भने म भन्न चाहान्छु, माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल।’

Sher-bahadur-deuba-pushpakamal-dahal-prachanda1673272768.jpg

सत्ता साझेदारी गर्दा दोस्रोपल्ट प्रचण्डसँग अप्रत्यासित धोका खाएको छ कांग्रेसले। यसअघि २०७४ को निर्वाचनअघि माओवादी केन्द्र कांग्रेससँग मिलेर सरकार चलाइरहेको थियो। चुनावमा केही समयअघि एकाएक एमालेसँग गठबन्धन गर्ने निर्णय गरे प्रचण्डले। कांग्रेसले प्रत्यक्षमा जम्मा २३ सिटमा चित्त बुझाउनुपर्ने अवस्था बन्यो।

यसपल्ट कांग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रले चुनाव लड्यो। जसोतसो तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रले सिट संख्या भने गुमायो। सरकार बनाउने क्रममा आफूलाई सघाउने देउवाको 'विश्‍वास' अप्रत्यासित रुपमा प्रचण्डले टुटाइदिए। कुनै समय 'प्रतिगामी'को बिल्ला भिराएर पार्टी फुटाउनुका साथै सरकार ढालेका केपी शर्मा ओलीकहाँ पुगेर प्रधानमन्त्री नियुक्त भए।

यसरी पटक-पटकक विश्वासघात गरेका प्रचण्डलाई 'विश्वासको मत' दिनुपर्ने अवस्थामा कांग्रेस पुगेको छ। प्रचण्डसँग दूरी बढ्दै जाँदा पाँचै वर्ष सरकारबाहिर बस्नुपर्ने आशंकाले कांग्रेस विश्वासको मत दिनुपर्ने बाध्यतामा पुगेको हो।

यस्तै विश्वासको मत दिने अन्य साना-ठूला सबै दलका निहीत स्वार्थ छन् र सर्त तेर्स्याएका छन्। सर्तसहित दिइने मत 'विश्वास मत' दर्ज भएको छ। त्यसैले प्रचण्डले मंगलबार प्राप्त गरेको मत संशयको हो, जुन जतिबेला पनि खण्डित हुनसक्ने देखिन्छ।

विश्वासको मतमाथि अविश्वास

संसद्मा रहेका जम्मा दुई सांसद्ले लोकतन्त्र जोगाउने बाटो समातेका छन्। देशका सवै राष्ट्रिय दल 'सत्ता पक्ष' हुँदा स्वतन्त्रको हैसियतमा प्रतिनिधि सभामा पुगेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका सांसद् चित्रबहादुर केसीले प्रतिपक्षमा बस्ने निधो गरेका हुन्।

सांसद केसीले मंगलबारको दृष्य डरलाग्दो भएको टिप्पणी गरेका छन्। आफूले संसद्‌मा प्रतिपक्ष हुन्छ भन्ने बुझेको बताउँदै प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने उल्लेख गरे। ‘विगतमा भएका आफ्ना गल्ती ढाक्ने अनि त्यहीँभित्र लडेर फेरि सत्तामा आउने दाउ त हैन?’ उनले भने, ‘यसरी चल्छ? जुन दृश्य आज देखियो, यो डरलाग्दो हो,’ उनले भने।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार बनाउने पहिलो अधिकार राख्छ। तर,  सरकार बनाउनबाट कांग्रेस चुकेको छ। अन्य ७ दल मिलेर सरकार बनाएका छन्। त्यसैले जनताका तर्फबाट सरकारमाथि खबरदारी गर्ने मुख्य जिम्मेवारी कांग्रेसको काँधमा पुगेको थियो।

PM_Prachanda_Parliamnt (5)1673337226.jpg

जनविश्वास बढाउँदै लैजाने एउटा अवसर समेत कांग्रेसले प्राप्त गरेको थियो। आन्तरिक असमझदारीका बाबजुद पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय नेपाली कांग्रेसको शिर्ष नेतृत्वले गरेको छ। प्रचण्डलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवा र बहुमत कांग्रेसजनको उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माका साथै सांसद्हरु प्रदीप पौडेल, अर्जुननरसिंह केसी र नेता बलबहादुर केसीले फरक मत राखेका छन्।

माघ ५ गते तय सभामुख तथा त्यसपछि हुने उपसभामुख र राष्ट्रपतिको निर्वाचनका लागि मैदान कायम राख्न कांग्रेस शिर्ष नेतृत्वले प्रचण्डलाई विश्वासको मत प्रदान गरेको छ। एमालेको अध्यक्ष ‌ओलीसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डले ती पदमा कांग्रेसलाई समर्थन गर्न सक्ने झिनो आशा देउवा र उनीपक्षीय नेतामा देखिन्छ।

प्रचण्डले त्यस्तो खेल खेल्दा उनीमाथि अविश्वासको अर्को अध्याय थपिनेछ। अस्थिर र अविश्वासी नेताको पर्यायका रुपमा उनको नाम उल्लेख भइरहनेछ। यदि कांग्रेसको आशामा तुषारापात भयो भने उक्त पक्षबाट अविश्वास झन् बढ्नेछ। त्यसैले यो विश्वासको मतमाथिको अविश्वासका रुपमा कांग्रेसले लिने देखिन्छ।

राजनीनीतिको दुरुह संयोग

गणतन्त्र घोषणा भएपछिको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रले हरेक चुनावमा जनविश्वास गुमाउँदै गएको छ। निरन्तर सिट संख्या घटेर यसपल्ट ३२ मा समेटिएको छ। एक्लै चुनाव लडेको अवस्थामा माओवादी केन्द्र 'लोपोन्मुख' दलतर्फ उन्मुख हुने पछिल्लो परिणामले देखाएको छ।

जनताको विश्वास यसरी गुमाउँदै गएको उक्त दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनताकै प्रतिनिधिबाट ९९.२५ प्रतिशत मत पाएका छन्। राजनीतिक दलहरुको सत्तालिप्साबाट निर्मित यो परिस्थिति आफैंमा नेपाली राजनीतिका लागि दु:खद् हो।

कसैले विश्वास गर्न नसकेका तर बाध्यताले विश्वास मत दिनुपरेका प्रचण्ड प्राविधिक रुपमा 'विश्वासिला' बनेका छन्। यससँगै नेपाली राजनीतिमा यसपल्ट एउटा दुरुह संयोग बनेको छ।

Deepak-Manange_202001221140471667136054.jpg

वर्तमान राजनीतिको प्रतिनिधि सभामा यस्तो चित्र देखिन्छ भने प्रदेश सभामा पनि व्यक्तिभन्दा पनि बिम्ब बनिसकेका छन्, दीपक मनाङ्गे (राजीव गुरुङ)।  कुनै समय 'गुन्डा नाइके'का रुपमा चिनिएका उनी अहिले पार्टीका 'सर्वप्रिय' नेता हुन्। कुनै निश्चित पार्टीमा निश्चित समय नटिक्ने उनलाई दलहरुले मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित गराइदिए। यसअघि नै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री  बनिसकेका छन्। उनले सोमबार यही कार्यकालमा मुख्यमन्त्री बन्ने घोषणा समेत गरिसकेका छन्। राजनीतिक दल र तिनका नेताहरुको वर्तमान चरित्रलाई केलाउँदा उनी मुख्यमन्त्री बनेको हेर्ने दिन धेरै दूर पनि देखिदैनन।

उनी जता सत्ता देख्छन्, त्यति पुगिरहन्छन्। सर्वसम्मत चुनाव जितेपछि एकीकृत समाजवादी बनेका उनी अहिले उक्त पार्टी छाडेर फेरि स्वतन्त्रको हैसियतमा सत्ता पक्ष बनिसकेका छन्। मुख्यमन्त्री खगराज अधिकारीलाई समर्थन गरेका छन्।

२०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष हुनुअघि उनी कांग्रेस निकट थिए। राप्रपा छाडेर त्यसपछि संघीय समाजवादी पार्टी समेत आवद्ध भए। २०७४ को निर्वाचनसम्म स्वतन्त्र भए। वाम गठबन्धनले चुनाव जितायो। नेकपा विभाजनको संकेत पाउने बित्तिकै प्रदेश सभाको संसदीय दलमा नरहेको घोषणा गरे। केही समय उनी सरकारमा युवा तथा खेलकुद मन्त्री बने। पृथ्वीसुब्बा गुरुङको सत्ता ढलेपछि मनाङे नयाँ गठबन्धनतिर ढल्किए। उनले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो। सत्तातिरै लागिरहेका उनले यो निर्वाचनमा त देशभरकै एकमात्र सर्वसम्मत नेताका रुपमा इतिहास बनाएका छन्।

प्रदेश दीपकको त्यो हैसियत र प्रतिनिधि सभाको तेस्रो तर दोस्रोभन्दा धेरै कमजोर दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो हैसियत नेपाली राजनीतिका लागि दुरुह संयोग हो। सत्ता प्राप्ति नै अन्तिम सत्य बनाइरहेका नेपालका राजनीतिक दलहरुका कारण नेपाली राजनीतिमा नयाँ भाष्य निर्माण भएको छ- विश्वासिला नेता प्रचण्ड, सर्वसम्मत मनाङ्गे।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्