काठमाडौं– फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएपछि निर्देशक दीपेन्द्र लामासँग नयाँ प्रोजेक्ट पाइपलाइनमा छन्।
केही दिनअघिमात्र लामाले ‘नांगो गाउँ’ निर्माण गर्ने घोषणा गरेका थिए। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका थिए। उक्त फिल्म चैत्रबाट छायाङ्कनमा जाने उनले बताएका थिए।
निर्देशक लामाको हातमा अर्को प्रोजेक्ट पनि परेको छ। उनको लेखन तथा निर्देशन रहने नयाँ फिल्मका लागि निर्माता हरि मल्लसँग सम्झौता भएको लामाले बताएका छन्।
उनले फेसबुकमार्फत् नयाँ फिल्ममा सहकार्यको सम्झौता भएको जानकारी दिएका हुन्। फिल्मको नाम जुराउन भने बाँकी छ। फिल्ममा जिएम ठकुरी र समीर घले फिल्ममा सहनिर्माता रहनेछन्।
यो फिल्मको सुटिङ भने ‘नांगो गाउँ’को छायाङ्कनपश्चात् मात्र हुने उनले बताएका छन्। दुवै फिल्मको वितरण अधिकार आरआर फिल्म्सले किनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।