• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा खानहरूको लगातार राज थियो, ६ वर्षयता यसरी खस्कियो

64x64
नेपाल लाइभ सोमबार, पुस २५, २०७९  १३:४२
1140x725

काठमाडौं– बलिउडमा चार वर्षपछि मुख्य अभिनेताको रुपमा पुनरागमन गर्न लागेका शाहरुख खानले सन् २०२३ मा 'पठान', 'जवान' र 'डंकी' गरी तीन फिल्म रिलिज गर्दैछन्।

सलमान खानका दुई फिल्म 'टाइगर ३' र 'किसी का भाइ किसीकी जान' पर्दामा आउनेछन्। प्रश्न उठ्छ कि के कुनै खान सुपरस्टारले यस पटक वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म दिन सक्लान्? पछिल्लो ६ वर्षको रेकर्ड हेर्ने हो भने कुनै पनि खान सुपरस्टारले वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म दिएका छैनन्। सन् २०१७ भन्दा अघि खान सुपरस्टारले लगातार १० वर्षसम्म शीर्ष स्थान ओगटेका थिए।

सन् २०२२ मा कन्नड सिनेमाको यश स्टारर फिल्म 'केजीएफ च्याप्टर २'ले बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गरेको थियो। यो फिल्मको हिन्दी भर्सनले करिब ४३४.७० करोड भारु कमाएको थियो। सन् २०२२ मा शाहरुख खान र सलमान खानको कुनै हिन्दी फिल्म थिएन। तर आमिर खानको 'लाल सिंह चड्ढा' रिलिज भएको थियो, जुन घटेर ५८.७३ करोड भारुमा झरेको थियो र सूचीको १९औं स्थानमा थियो।

सन् २०२१ मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' हो, जसले करिब २१८ करोड भारु कमाएको थियो। सलमान खानका दुई फिल्म 'राधे' र 'एन्टिम' सन् २०२१ मा रिलिज भएका थिए, जसमध्ये 'राधे' ओटीटी प्लेटफर्ममा आएको थियो भने 'एन्टिम'ले बक्स अफिसमा मात्र ३९.०६ करोड भारु कमाएको थियो।

सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म अजय देवगनले दिएका थिए। उनको फिल्म 'तान्हाजीः द अनसंग वारियर'ले २७९.५५ करोड भारु कमाएको थियो। यो वर्ष खानका तीन फिल्ममध्ये कुनै पनि फिल्म पर्दामा रिलिज भएको थिएन।

सन् २०१९ मा हलिउड फिल्म 'एभेन्जर्सः एन्डगेम' ले करिब ३७३.२२ करोड भारु कमाएर सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो। सलमान खानका दुई फिल्म 'भारत' र 'दबंग ३' रिलिज भएका थिए र यी दुईमध्ये कुनै पनि टप ४ मा पुग्न सकेनन्। यी दुवै चलचित्रको कलेक्सन क्रमशः २११.०७ करोड र १४६.११ करोड थियो। आमिर र शाहरुखको कुनै फिल्म थिएन।

सन् २०१८ मा रणबीर कपुर अभिनित फिल्म 'सञ्जु' सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो। यो फिल्मले ३४२.५३ करोड भारु कमाएको थियो। सोही वर्ष सलमान खानको 'रेस ३', आमिर खानको 'ठग्स अफ हिन्दोस्तान' र शाहरुख खानको 'जिरो' रिलिज भएका थिए र यी फिल्मले क्रमशः १६६.४० करोड, १५१.१९ करोड र ९०.२८ करोड भारु कमाएका थिए। यीमध्ये कोही पनि शीर्ष ५ मा पुग्न सकेनन्।

सन् २०१७ को सबैभन्दा बढी कमाइ गर्ने फिल्म प्रभास अभिनित 'बाहुबली २ : द कन्क्लुजन' थियो, जसले करिब ५१० करोड भारु कमाएको थियो। यो वर्ष सलमान खानका दुई फिल्म 'ट्युबलाइट' र 'टाइगर जिन्दा है' रिलिज भएका थिए, जसको कलेक्सन करिब ११९.२६ करोड र ३३९.१६ करोड थियो। आमिर खानको 'सिक्रेट सुपरस्टार'ले ६३.४० करोड भारु कमायो भने शाहरुख खानका दुई फिल्म 'रईस' र 'जब ह्यारी मेट सेजल'ले क्रमशः १३७.५१ करोड र ६४.३३ करोड भारु कमाए।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१६ मा आमिर खान अभिनित 'दंगल' ले सर्वाधिक ३८७.३८ करोड भारु कमाएको थियो। सलमान खानको फिल्म 'सुल्तान' पनि थियो, जसले करिब ३००.४५ करोड भारु कमाएको थियो। शाहरुख खानका दुई फिल्म 'फ्यान' र 'डियर जिन्दगी' रिलिज भएका थिए, जसको कलेक्सन क्रमशः ८४.१० करोड र ६८.१६ करोड थियो।

सन् २०१५ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म सलमान खानले दिएका थिए, जुन 'बजरंगी भाइजान' थियो। यो फिल्मले ३२०.३४ करोड भारु कमाएको थियो। सलमान खानको फिल्म 'प्रेम रतन धन पायो' ले करिब २१० करोड भारु कलेक्सन गर्दै दोस्रो नम्बरमा थियो। आमिर खानको कुनै पनि फिल्म थिएन भने शाहरुख खानको फिल्म 'दिलवाले' रिलिज भएको थियो, जसले करिब १४८.७२ करोड भारु कमाएको थियो।

सन् २०१४ मा आमिर खान अभिनित फिल्म 'पीके' सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो। यसको कलेक्सन करिब ३४०.८ करोड़ थियो। सलमान खानका दुई फिल्म 'जय हो' र 'किक' रिलिज भएका थिए र दुवैको कलेक्सन क्रमशः ११६ करोड र २३१.८५ करोड थियो। शाहरुख खानको फिल्म 'ह्याप्पी न्यू इयर' ले करिब २०३ करोड भारु कलेक्सन गरेको थियो।

सन् २०१३ मा आमिर खानको फिल्म 'धुम ३' ले सबैभन्दा बढी २८४.२७ करोड भारु कमाएको थियो। यो वर्ष सलमान खानको कुनै पनि फिल्म रिलिज भएको थिएन। शाहरुख खानको फिल्म 'चेन्नई एक्सप्रेस' ले करिब २२७.१३ करोड भारु कमाएको थियो।

सन् २०१२ मा सलमान खान अभिनित फिल्म 'एक था टाइगर' सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। यो फिल्मले करिब १९८.७८ करोड भारु कलेक्सन गरेको थियो। सलमान खानको फिल्म 'दबंग २' पनि दोस्रो नम्बरमा थियो, जसले करिब १५५ करोड भारु कमाएको थियो। आमिर खानको फिल्म 'तलाश' ले यो वर्ष करिब ९३.४० करोड भारु कलेक्सन गरेको थियो। शाहरुख खानको फिल्म 'जब तक है जान' पनि थियो र यो फिल्मको कलेक्सन करिब १२०.८५ करोड भारु थियो।

सन् २०११ मा सलमान खानको पहिलो र दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म थियो। उनको 'बडिगार्ड' करिब १४८.८६ करोड भारुका साथ शीर्ष स्थानमा रह्यो भने 'रेडी' ११९.७८ करोड भारुका साथ दोस्रो स्थानमा रह्यो। आमिर खानको कुनै पनि फिल्म थिएन। शाहरुख खानका दुई फिल्म 'रा-वन' र 'डन २' रिलिज भएका थिए र यी फिल्मको कलेक्सन क्रमशः ११४.२९ करोड र १०६.७१ करोड थियो।

सलमान खानको 'दबंग' सन् २०१० मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो, जसले करिब १३८.८८ करोड भारु कमाएको थियो। सलमान खानको अर्को फिल्म 'वीर' पनि यसै वर्ष आएको थियो, जसको कलेक्सन करिब ४६ करोड भारु थियो। अभिनेताका रुपमा आमिर खानको कुनै पनि फिल्म थिएन। शाहरुख खानको फिल्म 'माई नेम इज खान' रिलिज भएको थियो, जसको कलेक्सन करिब ८२.५२ करोड भारु थियो।

सन् २००९ मा आमिर खानको मुख्य भूमिका रहेको 'थ्री इडियट्स' सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। यो फिल्मले २०२.९५ करोड भारु कमाएको थियो । सलमान खानका तीन फिल्म 'वान्टेड', 'मैं और मिसेज खन्ना' र 'लण्डन ड्रिम्स' रिलिज भएका थिए र यी तीनैफिल्मको कलेक्सन क्रमशः ६०.२४ करोड, ७.४० करोड र २८.९६ करोड थियो। शाहरुख खानको फिल्म 'बिल्लू' ले करिब २२.९२ करोड भारु कमाएको थियो।

सन् २००८ मा आमिर खान अभिनित 'गजनी' ११४ करोड भारु कमाएर सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो। यो वर्ष सलमान खानका तीन फिल्म 'गड तुसी ग्रेट हो', 'हिरोज' र 'युवराज' आए र तीनै फिल्मले बक्स अफिसमा क्रमशः १२.५१ करोड, १२.६३ करोड र १६.८९ करोड कलेक्सन गरे। शाहरुख खानको फिल्म 'रब ने बना दी जोडी' ले करिब ८४.६८ करोड भारु कमाएको थियो।

सन् २००७ मा शाहरुख खानको फिल्म 'ओम शान्ति ओम' करिब ७८.१७ करोड भारु ग्रसका साथ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। यो वर्ष शाहरुख खानको अर्को फिल्म 'चक दे इन्डिया' पनि रिलिज भएको थियो, जसले करिब ६६.५४ करोड भारुको कलेक्सन गरेको थियो। आमिर खानको फिल्म 'तारे जमीन पर' ले करिब ६१.८३ करोड भारु कमाएको थियो। सलमान खानका चार फिल्म 'सलाम-ए-इश्क', 'पार्टनर', 'मेरिगोल्ड' र 'सावरिया' आए र यसको कलेक्सन क्रमशः २२.६८ करोड, ६०.०५ करोड, उपलब्ध नभएको र २०.९२ करोड थियो।

सन् २००६ मा ऋतिक रोशन अभिनित 'धूम २' सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो, जसले करिब ८१.०१ करोड भारु कमाएको थियो। यो वर्ष सलमान खानका तीन फिल्म 'शादी करे फस गया यार', 'बाबुल' र 'जा-ए-मन' रिलिज भएका थिए। आमिर खानका दुई फिल्म 'रंग दे बसन्ती' र 'फना' आए।

शाहरुख खानका दुई फिल्म 'कभी अलविदा ना कहना' र 'डन' पर्दामा पुगे।

(यो सामग्री बलिउड सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको हो।) 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:४२
  • #खान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्