काठमाडौं– डा.कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज भएको छ।
आइतबार रिलिज भएको ट्रेलरमा कलाकार जितु नेपाल र साम्राज्ञी आरएल शाहको प्रेम सम्बन्ध र सम्बन्धमा आउने उतारचढाव देखाउन खोजिएको छ।
जितुसँग कलाकार विजय बराल पनि देखिएका छन्, जसले सिच्वेसनल कमेडीको सिर्जना गर्छन्।
ट्रेलरको सुरुवाती दृश्यमा उमेर ढल्किसक्दा पनि छोराको बिहे नभएको गुनासो आमाको देख्न सकिन्छ। बीचमा साम्राज्ञीको इन्ट्रीले रोमान्चकता थपिदिएको छ।
फिल्म माघ २० गतेबाट देशभरका हलमा रिलिज हुँदैछ। जितु नेपालको प्रमुख अभिनय रहेको यो पहिलो फिल्म हो।
फिल्ममा जितु, साम्राज्ञी र वियजसँगै लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारको अभिनय छ।
फिल्मलाई सुदीप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र डा रिजालले लेखेक हुन्। फिल्मलाई रवीन्द्र न्यौपानेले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।